Clean Water Campaign

Awareness Campaign

मालिका गाउँपालिकाका ‘ग’ वर्गका अपाङ्गलाई माहुरी वितरण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका -१ नेटाका(ग) वर्गका सात जना अपाङ्गलाई गोला सहित माहुरीको घार वितरण गरिएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत माहुरीका घार वितरण गरिएको वडा अध्यक्ष दिपक श्रीसले जानकारी दिए ।

वडा नम्बर १ नेटा का (ग) वर्गका सबै अपाङ्गलाई प्रतिब्याक्ती तीन र तीन वटा घार उपलब्ध गराईएको गाउँपालिकाका प्रशासन शाखाका प्रमुख गोपाल सेनले बताए ।

सिंचाई
Forest
Ad.

उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याई व्यवसायीक बनाउने उद्देश्यले माहुरी वितरण गरिएको कृषि शाखा प्रमुख गोपाल भट्टराईले बताए।

(ग) वर्गका अपाङ्गको शारीरिक अवस्था अनुसार माहुरी उपयुक्त हुने भट्टराईले उल्लेख गरे ।

साथै वडा नम्बर एक नेटा माहुरीको लागि उपयुुक्त क्षेत्र रहेको हुँदा त्यस बाट किसानले राम्रो अवसर लिन सक्ने अपेक्षा गाउँपालिकाको रहेको छ।

क र ख वर्गका अपाङ्गले राज्यबाट सेवा सुविधा पाउने तर ग र घ वर्गका अपाङ्गले राज्य बाट कुनै सेवा सुविधा नपाउने हुँदा पछिल्लो समय मालिका गाउँपालिकाले ती ब्याक्तिहरुको लागि विभिन्न किसिमका सिपमुलक कार्य गर्दै आएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो