Clean Water Campaign

Awareness Campaign

बागलुङको बडिगाडमा गोरु काट्दै गरेको अवस्थामा ९ जना पक्राउ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: मध्यरातमा दुई वटा गोरु काट्ने ९ जनालाई बागलुङ प्रहरीले पक्राउ गरेको छ। गयराती बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-७, माझखर्क स्थित छविलाल पुनको खाली गोठमा दुई वटा गोरु काटिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो।

प्रहरीले नौ जना सहित गोरु काट्न प्रयोग गरिएको हातहतियार र ७० केजी मासु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक मदन केसीले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका-७, माझखर्क निवासी उक्तम बुढा मगर, देब बहादुर बुढा मगर, शेर बहादुर बुढा मगर, तेज बहादुर बुढा मगर, गिर बहादुर बुढा मगर, हिमाल बुढा मगर, गिर प्रसाद बुढा मगर, मन बहादुर बुढामगर र मानसिंह बुढा मगर रहनुभएको छ।

सिंचाई
Forest
Ad.

पक्राउ पर्ने नौ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइदै गरिएको सूचना अधिकारी केसीले बताउनुभयो।

प्रहरीले घटनास्थलबाट ७० केजी गोरुको मासु, बन्चरो एक थान, चक्कु दुई थान, हसिया तीन थान र दुई वटा गोरुको टाउँको बरामद गरेको छ । पक्राउ परेका नौ जनालाई पशुपन्छी सम्बन्धी कसुर अन्र्तग मुद्दा चलाइने प्रहरीको भनाई छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो