टोपलाल अर्याल, गुल्मी: जिल्ला ट्राफिक प्रहरी कार्यालय र गुल्मी यातायात प्रालिको आयोजनामा चालकको स्वास्थ्य परिक्षण तथा आँखा जाँच गरिएको छ।
दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले रेसुङा नगरपालिका ४ अर्खलेमा गुल्मी पश्चिमबाट विभिन्न गन्तव्यमा छुट्ने ८५ वटा सवारी साधनका चालकको स्वास्थ्य र आँखा परिक्षण सहित सवारी साधनको इन्जिन परिक्षण गरिएको ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायब निरीक्षक कृष्ण प्रसाद आचार्यले जानकारी दिए।
केहिदिन अघि तम्घासको देउरालीमा पनि विभिन्न ठाउँ छुटने ३५ सवारी चालकको स्वास्थ्य र आँखा परिक्षण सहित सवारी साधनको इन्जिन परिक्षण गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले बताए । आचार्यले इन्जिनमा देखिएका समस्याहरु तत्काल समाधान गर्न चालकहरुलाई सुझाब दिएको बताए।
चालकको ब्लड प्रेसर र आँखाको परिक्षण गरिएकोमा ६ जनामा प्रेसर र ५ जनामा आँखाको समस्या रहेकाले उपचारको लागि सुझाब दिइएको नेत्र ज्योति सघ आँखा उपचार केन्द्र गुल्मीका कार्यालय प्रमुख सुर्य बहादुर बस्नेतले जानकारी दिए।
गुल्मी यातायात र ट्राफिकले बेलाबेला गर्ने गरेको स्वास्थ्य र आँखा परिक्षणले आफुहरुलाई निकै फाइदा भएको चालक शेर बहादुर बिश्वकर्माले बताए । उनले चालकको स्वास्थ्य र यातायातको अवस्थाको ध्यानाकर्षणले सचेत बनाउने बताए।
गुल्मी यातायात प्रालिका संचालक हिमाल कुवरले सामाजिक उत्तरदायीत्वसंगै दुर्घटना न्यूनीकरणमा टेवा पुराउने विभिन्न समयमा सामाजिक अभियानहरु गर्ने गरिएको थियो ।
शिविरको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गुल्मी अस्पताल, नेपाल नेत्र ज्योति सघ, पत्रकार महासघ र गुल्मी मोडल अस्पतालले सहयोग एब सहजीकरण गरेका थिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










