Salime Malika Krishi Farm

Awareness Campaign

शैक्षिक सुधारको लागि छापहिलेमा विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ वडा कार्यालयले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ गरेको छ।

बिद्यार्थीकाे पहिलो शिक्षक घर, आमाबुबा भएको र बिद्यार्थीलाई पढ्ने बाताबरण सिर्जना घर परिवारले गर्नुपर्ने जस्तो बिषयमा प्रशिक्षण प्रदान गर्नकाे लागि वडाले विद्यार्थी, शिक्षक र अभिभावक प्रशिक्षण कार्यक्रमकाे आयोजना गरिएको वडा अध्यक्ष रेखाकुमार जिसीले बताए। उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य जस्ता बिषय भएकाले गाउँपालिकाले शिक्षा क्षेत्रकाे परिवर्तन र पछिल्लो समय सहर केन्द्रित शिक्षा भएको र गाउँमा पनि शिक्षा गुणस्तरीय बनाउनका लागि विद्यार्थीलाई पढ्ने कुरामा साथै परिवारलाई पढ्ने वातावरण सिर्जना गर्ने कुरामा जानकारी गराउन यस्तो कार्यक्रमकाे आयोजना गरिएकाे बताए।

त्यस्तै गाउँपालिका अध्यक्ष देविराम अर्यालले गाउँपालिका शैक्षिक क्षेत्रमा सुधारका लागि सधैं तत्पर रहेको बताएका छन् । उनले अहिले गाउँपालिकाले याे वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा मनाइरहेकाे जानकारी दिए । शुक्रबार वडा नम्बर ५ काे छापाहिले माध्यमिक विद्यालयमा तिन सय विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रशिक्षण दिइएको हाे।

सिंचाई
Forest
Ad.

प्रशिक्षण कार्यक्रममा शैक्षिक व्यक्तित्व शेरबहादुर केसी, विष्णुकुमारी सापकोटा, कृष्णप्रसाद भण्डारी, कबिता बिक र निता आचार्य रहेका छन् । शुक्रबार छापहिले माध्यमिक विद्यालयमा प्रशिक्षण दिएका उनीहरुले शनिबार जमलपाेखरा माध्यमिक विद्यालयमा प्रशिक्षण दिनेछन्।

प्रशिक्षण कार्यक्रममा वडाका साविक ५,६,७,८ र ९ वडाका अभिभावकलाई प्रशिक्षण प्रदान गरिएको हाे । कार्यक्रम शनिबार वडाको जमलपाेखरा माध्यमिक विद्यालयमा सञ्चालन हुनेछ। कार्यक्रमकाे सहजीकरण जनाधार मिडियाले गरेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो