Salime Malika Krishi Farm

Awareness Campaign

रास्वपा रुरुक्षेत्रकाे सभापतिमा गौतम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टीले रुरुक्षेत्र गाउँपालिकामा संगठन विस्तार गरेकाे छ।

शनिवार बलेटक्सारमा आयाेजित भेलाले हुतराज गौतमलाई पार्टीको रुरुक्षेत्र गाउँपालिकाकाे सभापतिमा सर्वसम्मत रुपमा चयन गरेकाे छ।

गाउँ कार्यसमितिको उपसभापतिमा ईश्वरी प्रसाद ज्ञवाली रहेका छन भने सदस्य हरुमा बिमल ज्ञवाली ,आकाश ज्ञवाली , मनाेज खराल ,महेश भण्डारी र खेमराज ज्ञवाली रहेका छन।

सिंचाई
Forest
Ad.

संगठन विस्तार कार्यक्रममा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आशाकाे केन्द्र भएकाे धारणा राख्दै पार्टीले मुलुककाे हितलाई प्रमुख एजेन्डा बनाएकाे धारणा व्यक्त गरे।

भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य लक्ष्मी खासु मगर ,गुल्मी जिल्ला सँयाेजक युवराज पाेख्रेल ,विदेश जनसम्पर्क विभागका किरण आचार्य ,मानवअधिकार विभागका ईश्वर कुँवरकाे उपस्थिति रहेकाे थियाे ।

पार्टीको रुरुक्षेत्र गाउँ पालिका समितिकाे सभापति चयन भइसकेपछि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै हुतराज गौतमले सँगठन विस्तार सँगै जनताका हरेक समस्यामा एकाकार भएर लाग्ने बताए ।

जनताले परिवर्तन चाहेका छन र चाहे त्याे केन्द्रमा हाेस या स्थानीय तहमा हाेस जनताको परिवर्तनकाे आशा राष्ट्रिय स्वतन्त्र पार्टी भएकाले सबैलाई परिवर्तनकाे पक्षधर पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा दिल खाेलेर लाग्न सभापति गौतमले आग्रह गरे ।

Awareness by SKF

रुरुक्षेत्र गाउँपालिका वडा न ३ थानपतीकाे गौतम टाेलमा घर भएका हुतराज गौतम लामाे समय वैदेशिक राेजगारीकाे सिलसिलामा दक्षिण काेरिया बसि २०७३ सालमा स्वदेश फर्केपछि आफ्नै गाउँमा बस्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो