Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा बाबुले काटिदिए छोराको नाक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा बाबुले छोराको नाक हँसियाले काटी दिएका छ्न्। जिल्लाको इस्मा गाउँपालिका-३, तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती करिव १ बजेको समयमा घरयासी बिवादका क्रममा बाबुले हसिया प्रहारगर्दा छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ । जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी स्थलमा पुगि बाबू दिलबहादुरलाई हसिया सहित नियन्त्रणमा दिएको छ । घाइते छोरालाई गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए।

सिंचाई
Forest
Ad.

स्मरण रहोस केही वर्षअघि त्यसटोलका छिमेकी कुखरिकाच्याना भन्ने टोलमा मदिरा सेवन गर्दै झै झगडा हुँदा भाइले दाजुलाइ गापोले हानेर हत्या गरेका थिए।

मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिदै आएकोछ। घरेलु हिंसा लगायतका कारण सम्बन्ध बिच्छेदका उजुरी बढेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिबक्ता पार्वती कुवरले बताउँदै आएकी छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया