Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली कलाकारहरुको मार्मिक गीत ‘मरिजाने चोला’ युट्युबमा उपलब्ध



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मनछुने लय तथा शब्द रहेकाे गीत ‘मरिजाने चोला’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर गुल्मेली स्रष्टाहरु बैकुण्ठ रायमाझी, लिल सुगम छन्त्याल, प्रकाश सापकोटा र चर्चित गायिका टिका पुनको रहेको छ।

यस गीतमा गुल्मीको वामीमा जन्मी हाल चेक रिपब्लिकमा व्यवसाय गर्दै आउनुभएका सर्जक बैकुण्ठ रायमाझीको शब्द तथा संगीत संयोजन रहेको छ भने एरेन्ज सुदिप सागरले गर्नुभएको हो।

राग स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गर्नुभएको हो। जसमा शिवाजी क्षेत्री, बिना राउत, कविता क्षेत्री, वसन्त तिमिल्सिना र अर्जुन कुँवर ‘पितृ बुढा’ को मुख्य अभिनय रहेको छ।

सिंचाई
Forest
Ad.

रायमाझीका गुल्मेली सोरठी, मायाको फुर्लुङ, क्षितिज, चोली ढाकाले लगायत हालै बरको छायालाई सार्वजनिक भइसकेका छन्।

मौलिक लोक गीत र संस्कृतिको संरक्षणमा रायमाझीको ठूलो योगदान रहेको छ। रायमाझी कै अग्रसरतामा मौलिक पञ्चेबाजा र नौमती बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नौमती महोत्सव आयोजना गरिदै आएको छ।

   भिडियो हेर्नुहोस्:
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया