Smoking Causes Cancer

गुल्मेली कलाकारहरुको मार्मिक गीत ‘मरिजाने चोला’ युट्युबमा उपलब्ध



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: मनछुने लय तथा शब्द रहेकाे गीत ‘मरिजाने चोला’ सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। जसमा स्वर गुल्मेली स्रष्टाहरु बैकुण्ठ रायमाझी, लिल सुगम छन्त्याल, प्रकाश सापकोटा र चर्चित गायिका टिका पुनको रहेको छ।

यस गीतमा गुल्मीको वामीमा जन्मी हाल चेक रिपब्लिकमा व्यवसाय गर्दै आउनुभएका सर्जक बैकुण्ठ रायमाझीको शब्द तथा संगीत संयोजन रहेको छ भने एरेन्ज सुदिप सागरले गर्नुभएको हो।

राग स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गर्नुभएको हो। जसमा शिवाजी क्षेत्री, बिना राउत, कविता क्षेत्री, वसन्त तिमिल्सिना र अर्जुन कुँवर ‘पितृ बुढा’ को मुख्य अभिनय रहेको छ।

सिंचाई
Forest
Ad.

रायमाझीका गुल्मेली सोरठी, मायाको फुर्लुङ, क्षितिज, चोली ढाकाले लगायत हालै बरको छायालाई सार्वजनिक भइसकेका छन्।

मौलिक लोक गीत र संस्कृतिको संरक्षणमा रायमाझीको ठूलो योगदान रहेको छ। रायमाझी कै अग्रसरतामा मौलिक पञ्चेबाजा र नौमती बाजाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नौमती महोत्सव आयोजना गरिदै आएको छ।

   भिडियो हेर्नुहोस्:
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया