Clean Water Campaign

Awareness Campaign

मालिकामा अपाङ्गता भएकालाई आत्मनिर्भर बनाउन नि:शुल्क मुढा बुन्ने तालिम प्रदान



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मालिका गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई नि:शुल्क मुढा बुन्ने तालिम प्रदान गरिएको छ।

मालिका गाउँपालिका र आशा अपाङ्ग केन्द्र तम्घासको साझेदारीमा १० दिने मुढा बुन्ने तालिम प्रदान गरिएको आशा अपांग केन्द्रका लेखापाल अमृत रसाइलीले जानकारी दिए ।

मालिका गाउँपालिका भित्रका सबै व्यक्तिलाई पायक पर्ने गरि तीन स्थानमा मुढा बुन्ने तालिम प्रदान गरिएको थियो। अपाङ्गता समूह `ग ´र `घ´ मा परेका २४ जनाले तालिम प्राप्त गरेका छन् ।

सिंचाई
Forest
Ad.

वडा नम्बर दुई दर्लिङ्गमा पाँच ,वडा नम्बर चार अर्खबाङमा ९ र वडा नम्बर सात घमिर बाट १० जना सहभागी भएका थिए ।

समूह `क´ र `ख´ को अपाङ्गता परिचयपत्र पाएका ब्याक्तिले राज्य बाट सेवा सुविधा पाउने तर `ग´ र `घ´ मा परेकाले सेवा सुविधा नपाउने हुँदा उनिहरुलाई आय आर्जनमा जोड्ने उदेश्यले तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताए ।

साथै सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै,सीपलाई व्यवसायिक र उत्पादित सामाग्रीको बजारीकरणमा पालिकाले सहयोग गर्ने खनालले प्रतिबद्धता समेत जाहेर गरे ।

त्यस्तै यता आशा अपांग केन्द्रका प्रमुख गङा रायमाझीले मालिका गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै अपांगता भएका ब्याक्तीले राम्रो अवसर पाए समाजमा सजिलै स्थापित हुन सक्ने बताईन ।

Awareness by SKF

दस दिनमा राम्रो सङ्ग मुढा बुन्न सिकेको र सीपलाई व्यवसायीक बनाउन पालिकाले सहयोग गर्नु पर्ने प्रशिक्षार्थी गोरे घर्तीले प्रतिक्रिया दिएका छन् ।

बास स्थानीय स्तरमै उपलब्ध भए पनि रसि तथा टायरको बन्दोबस्तका साथै तयारी भएको मुढालाई बजार सम्म पुराउन पालिकाले मद्दत गर्नु पर्ने अपेक्षा प्रशिक्षार्थीको रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया