Smoking Causes Cancer

बुवाको सम्झनामा आफैले अध्यापन गराउने विद्यालयमा डेढ लाखको अक्षयकोष स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

 गुल्मी: गुल्मीको मालिका गाउँपालिका-२, दर्लिङ स्थित नेटा दर्लिङ माध्यमिक विद्यालयमा एक लाख पचास हजार पाँच सय ५५ रुपैयाँको अक्षय कोष स्थापना भएको छ । सोही विद्यालयमा अध्यापन गराउने शिक्षक युवराज अर्यालको परिवारले अक्षय कोष स्थापन गरेको विद्यालयका प्रधानाध्यापक यमलाल अर्यालले जानकारी दिए ।

बिहिवार अर्याल परिवारले विद्यालयको ६३ औं वार्षिकोत्सबको अवसरमा अक्षय कोष स्थापन गरेका हुन । स्वर्गीय बुबा भिमलाल अर्यालको सम्झना र माता भुमिकला अर्यालको सम्मानमा छोराहरु युवराज अर्याल , बाबुलाल अर्याल र लोकनाथ अर्यालले अक्षय कोष स्थापना गरेका हुन ।

अक्षय कोष बाट आउने ब्याजले विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति पाउने छन ।

सिंचाई
Forest
Ad.

नेटा दर्लिङ माविमा उक्त अक्षय कोष अहिले सम्मकै सबै भन्दा धेरै रकम रहेको विद्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया