Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा राष्ट्रिय जनमोर्चाको दोस्रो नगर भेला सम्पन्न, अध्यक्षमा देव बहादुर रायमाझी



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले ‘अञ्जान’, मुसिकोट: राष्ट्रिय जनमोर्चा मुसिकोट नगर कार्यसमितिको आयोजनामा दोस्रो नगर भेला तथा अधिवेशन सम्पन्न भएको छ।

शनिबार मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी टक्सारमा रहेको पार्टि कार्यालयमा निवर्तमान नगर अध्यक्ष भानु खरेलको अध्यक्षतामा सम्पन्न नगर भेलाले देव बहादुर रायामाझीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नगर कार्यसमिति सङ्गै ५ सदस्यिय सल्लाहकार समिति गठन गरेको हो।

जसको उपाध्यक्षमा आत्मराम न्यौपाने, सचिबमा बाबुराम खरेल, सह-सचिबमा हरी प्रसाद घिमिरे, कोषाध्यक्षमा विष्णु मती श्रेष्ठ, सदस्यमा महेन्द्र सिहं ठकुरी, केसर बहादुर बिक, लक्ष्मण पाण्डे र कमल सुनार रहनुभएको छ भने सल्लाहकार सदस्यतर्फ मोहनलाल श्रेष्ठ, बुद्ध कुमार सुनार, भानु खरेल, चेत बहादुर पेमी, इस्वरी आचार्य रहनुभएको छ ।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सचिबालय सदस्य कमल प्रसाद अर्यालले देशको बर्तमान अबस्था हेर्दा देश र स्थानिय तहका लागि राष्ट्रिय जनमोर्चाको आवश्यकता रहेकाले सबै सङ्गठित भएर लाग्न अनुरोध गर्दै नव निर्वाचित नगर कार्यसमितिलाई सफल कार्यकालको शुभकामाना दिनुभयो।

त्यस्ते कार्यक्रमका बिशिष्ट अतिथि हरी प्रसाद न्यौपाने,जतिय समता जिल्ला सदस्य बुद्द बहादुर सुनार, जिल्ला सल्लाहकार समिति सदस्य मोहनलाल श्रेष्ठ, जिल्ला सदस्य देब बहादुर रायमाझी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

सल्लाहकार सदस्य चेत बहादुर पेमीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सञ्चाल सदस्य इस्वरी आचार्यले गर्नुभएको बाबुराम खरेलले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया