रमेश विश्वकर्मा, गुल्मी: गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा नौ दिनसम्म हुने धार्मिक महोत्सवको तयारी तीव्र बनाइएको छ। रेसुंगा संरक्षण समितिले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आयोजना हुँदैछ।
अहिले रेसुंगा संरक्षण समितिले यस जिल्लाका विभिन्न पालिकाहरुमा पुगी जनप्रतिनिधिहरुसँगको भेटघाटलाई समेत तीव्रता दिदैं प्रचार–प्रसारमा जोड दिएको अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो।
उहाँका अनुसार महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ यहाँका पालिकाका जनप्रतिनिधिहरुसँग सहयोग र समन्वय गरिएको छ । सोही क्रममा पालिकाहरुले महायज्ञलाई सफल पार्न आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको आयोजकको भनाइ छ।
त्यस्तै, यातयात व्यवस्थापनका लागि जिल्लामा रहेका यातयात व्यावसायीहरुले मेला अवधिभर नियमित रुपमा भक्तजनलाई यज्ञस्थलसम्म लगिदिने र ल्याउने कार्यमा सर्वसुलभ भाडादरमा यातयात सञ्चालन गर्न आयोजकले आग्रह गरेको छ।
महायज्ञमा मठ जोगिनी बाडा विकेनर राजस्थान भारतका योगी शम्भुनाथजी महाराजद्वारा श्रीराम कथा वाचन हुने र श्रीराम अयोध्याधाम भारतबाट स्वामी राजेन्द्रनन्दजी महाराजसहित सयौंको संख्यामा भारतीय सन्तहरु तथा नेपालका विद्वानहरुको समेत उपस्थिति रहने अयोजकले जनाएको छ। – गोरखापत्र अनलाइन
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







