Smoking Causes Cancer

गोधुलि साहित्य प्रतिष्ठानको सत्रौं वार्षिकोत्सव विभिन्न कार्यक्रम र पुरस्कार प्रदान गरी सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: गोधूलि साहित्य प्रतिष्ठानले आफ्नो सत्रौं वार्षिकोत्सव कार्यक्रमका अवसरमा संस्थाद्वारा अभिनन्दन, सम्मान तथा पुरस्कार वर्ष २०७९ को अर्पण गरि सम्पन्न गरेको छ।

गोधूली प्रतिष्ठानका अध्यक्ष गंगा लिगलको सभापतित्वमा एवं ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गर्नुहुँदै साहित्यले चेतना प्रदान गर्छ भन्नु हॅुदै गोधूलीले गरेको कार्यक्रमको प्रशंसा र शुभकामना व्यक्त गर्नु भयो।

प्रकाश समिरले संचालन गर्नु भएको उक्त कार्यक्रममा सम्मानित र पुरस्कृत महानुभावहरूको परिचयात्मक टिप्पणी छाया दत्त न्यौपानेले प्रस्तुत गर्नु भएको थियो। डा. बम बहादुर जिताली, सम्मानित र पुरस्कृतको प्रतिनिधित्व गर्दै प्रा.डा. षडानन्द पौडेल, जनार्दन अधिकारी धड्कनले गोधूलीको योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भयो।

सिंचाई
Forest
Ad.

कार्यक्रममा बाह्र स्रष्टाहरुको फोटो समावेश गरिएको भित्ते पात्रो र गणेश कुमार जिसी पुस्तक अरनिको एसिया बारेमा लिखित पुस्तकको विमर्श गरिएको थियो।

पुरस्कार (जनही दश हजार राशिसहित)
१) पवित्रा रसाईली: गोधूलि भद्रकुमारी–ओली आदर्श आमा पुरस्कार – २०७९
२) जनार्दन अधिकारी: गोधूलि गंगा साहित्य सेवाश्री पुरस्कार –२०७९
३) रमेश सुवेदी, वरिष्ठ सङ्गीतकार : गोधूलि सुर–साधना सेवा पुरस्कार–२०७९
४) मोहन अभिलाषी, वरिष्ठ रेडियोकर्मी: गोधूलि कलाश्री सेवा पुरस्कार–२०७९

पुरस्कार (जनही पाँच हजार राशिसहित)
५) भाग्यशाली अधिकारी गोधूलि : गंगा साहित्य काव्य पुरस्कार –२०७९
६) सुधा बास्कोटा: गोधूलि–गंगा जागरण पुरस्कार–२०७९

Awareness by SKF

अभिनन्दन
१) प्रा.डा. षडानन्द पौड्याल, वरिष्ठ साहित्यकार, समालोचक: गोधूलि शिखर साहित्य अभिनन्दन–२०७९
२) शिला पन्त, वरिष्ठ साधक: गोधूलि शिखर साहित्य अभिनन्दन–२०७९

सम्मान
१) सुरेश चन्द्र अधिकारी– वरिष्ठ संगीत निर्देशक: गोधूलि सुर–साधना सम्मान–२०७९
२) सुशीला ढकाल अधिकारी: गोधूलि साहित्य सुधा सम्मान–२०७९
३) राजेश थापा, वरिष्ठ सांस्कृतिककर्मी: गोधूलि सत्यमोहन संस्कृति सम्मान–२०७९
४) तिलक खड्काथोकी: गोधूलि कुमारमान मास्के स्मृति कर्मवीर सम्मान–२०७९
५) केशव प्रसाद भण्डारी: गोधूलि युवा सिर्जनशील जागरण सम्मान–२०७९
६) ऋतुराज पाख्रिन चलचित्र निर्देशक: गोधूलि सिने कला सम्मान–२०७९
७) विशांक रानामगर, सुप्रसिद्ध खेलाडी : गोधूलि साहित्य सिर्जना सम्मान – २०७९

कार्यक्रमको अन्तमा सभपति गंगा लिगलले धन्यवाद ज्ञापन मन्तव्यका साथ औपचारिक समापन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया