Smoking Causes Cancer

पाल्पा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १८ जना घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जनाको उद्धार भइरहेको छ।

बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्ग अन्तर्गत जोरधारा नजिकै सवा ९ बजे दुर्घटना भएको हो। घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

यो पनि: बुटवलबाट बुर्तिबाङ आउँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बस भीरमा अड्किएको अवस्थामा अन्य यात्रुको उद्धार भइरहेको बताए। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।

तिनाउ गाउँपालिका वडा नं ५ का अध्यक्ष इन्द्रा चिदीले घटस्थलमा पुगि सकेको र घाइतेको उद्धार भइरहेको बताइन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया