Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मेली कलाकारहरुको नयाँ सालैजो (मगर मेला) बजारमा (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मेली कलाकारहरुको नयाँ सालैजो गीत ‘मगर मेला’ सार्वजनिक गरिएको छ। अधिकांश गुल्मेली कलाकारहरुको योगदान रहेको यस सिर्जनालाई रेभान्स म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

परदेशी भूमि आफैमा एक अपरिचित अनि बिरानो भुमि हो। बिरानो संस्कृति र रहनसहनमा घुलमिल हुनै निकै गाह्रो पर्छ। कामको शिलशिलामा होस या अध्ययनको शिलसिलामा पराइ भुमिमा निकै चुनौती हुन्छ नै। भान्सा (होटल) को जागिर कामको समयलाई पुरै मेहनत साथ साहुका लागि खर्चिनु पर्छ अथवा सिर्जनात्मक कार्यका लागि समय छुट्याउनु चुनौतिपूर्ण हुन्छ। काम सकेर थकित शरीरले मातृमाटोका गीत संगीतलाइ विभिन्न तरिकाहरूबाट निरन्तरता दिनु भनेको चानचुने कुरा नभएको हाल दक्षिण कोरियामा रहेका गुल्मेली सर्जक हेमनाथ खराल बताउछन्।

यस्ता हरेक बाधा अवरोधलाई पाखा लगाउदै परदेशबाटै चम्किएका नाम हुन् खिमानन्द खरेल र हेमनाथ खराल। परदेशी निर्माता तथा श्रजकको उपमा पाएका खरेलको जन्म गुल्मी जिल्लाको मुसिकोट नगरपालिका-८, ठुलाखर्कमा भएको हो। सानै देखि गीत संगीत प्रति रुचि राख्ने खरेल द्वयमा अथाह मौलिक संस्कृति जीवन्त छ भन्ने कुरा उहाँहरुका शृजनाले छर्लङ्ग पारेका छन्।

सिंचाई
Forest
Ad.

यस गीतका गायक लिल सुगम छन्त्याल तथा सल्लाहकार बैकुन्ठ रायमाझी पनि मुसिकोट-८, वामी कै हुन्। दुवैजना परदेश मै छन्। यी चारैजना वामेली कलाकारहरुको गीत संगीत प्रतिको मोह‌लाई शब्दले वर्णन गर्न कठिन छ।

नेपाली संस्कार पनि कस्तो छ भने परदेशीहरुका सिर्जनामा भरपुर मेहनत र इमानदारीता निकै कम व्यक्तिहरुले पुरा गर्ने गरेको पाइन्छ तर पनि वहा हरु निरन्तर लागि रहनु भएको देख्दा गौरव लागेको एकजना वरिष्ठ गायकले बताउनुभयो।

२०५५ सालबाट सिंगापुरलाई कर्मथलो बनाउदै आएका खरेलका सबैजसो गीत दर्शक श्रोताको मन जित्ने खालका छन्। अभागी आमा, करङखोलीमा, जलारी गीत रस जोवान, प्यारो मुसिकोट, तीज गीत धोबिखोला र पछिल्लो समय मेची महाकाली चर्चाको शिखरमा छन। परदेशबाटै शृजनामा लागेर चम्किएका खिमानन्द खरेलका गीत सबैजसो मौलिक गीत छन भने सबै शृजनाहरु शालिन र सभ्य छन्।

अभागी आमाका विभिन्न शृंखलाहरु आउने क्रममा छन्। जन्मभूमी ठुलाखर्कको डकुमेन्ट्री गीत छायांकन कै क्रममा छ। अझ रहस्यको कुरा के छ भने रेभान्स म्युजिक युटुब मार्फत सार्वजनिक गरिएका हरेक शृजनामा खिमानन्द र हेमनाथ सँगै छन्। एउटै गीत लेख्दा पनि एकआपसमा परामर्श गरेर गीत शृजना गर्दछन्। त्यसैले पनि यिनिहरुको शृजना सुन्दर बन्ने गरेका छन्‌! सिर्जना गर्दा मिलेर गर्ने भएकोले पनि यो टिम बलियो निर्माता टिम हो भन्न सकिन्छ।

Awareness by SKF

त्यस्तै खिमानन्द खरेलको आज मात्र सालैजो मगर मेला मौलिक गीत बजारमा आएको छ। पछिल्लो समयका चर्चित सर्जक हेमनाथ खरालको शब्द तथा बौद्धिक श्रजक तथा संगितकार खिमानन्द खरेलको संगीतमा रहेको गीतमा स्वर परदेशमा रहेका गायक लिल सुगम संग लोकस्टारकी टप प्रतिभा पवित्रा सर्तुङ्गेको रहेको छ। सर्जक, गायक तथा गायिका गुल्मीकै हुन। एरेन्ज रामचन्द्र चन्दको हो भने सहनाइ शिषिर परियारको हो।

दुवैजना गुल्मेली सर्जक हुन। भिडियोको शुभारम्भमा माया प्रेममा बिछोड भएको विषयलाई श्यामले शब्द सँगै हाउभाउ मार्फत उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन भने भिडियोको अन्त्य मगर संस्कृती अनुसार घरजम गर्न मन परेको तरुनी लतार्ने चलन लाइ देखाउन खोजिएको छ। गीतको भिडियो पनि युवा निर्देशक शिवाजी क्षेत्रीले निर्देशन गरेका छन। त्यस्तै अभिनयमा कलाकारहरु श्याम राना, आरुषी मगर, अर्जुन कुँवरलाई देख्न सकिन्छ। विभिन्न मेला महोत्सवलाई उजागर गरेर बनाइएको सालैजो गीत हरेक पाटोबाट उत्कृष्ट बनेको छ। गीतले दर्शक श्रोताको मन जित्नेमा आफुहरु विश्वस्त रहेको निर्माण टिमले बताएका छन्।


कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया