Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमै पहिलो पटक मुसिकोट-१ ले गर्यो उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले वडा भित्र रहेका उत्कृष्ट शिक्षक र विद्यार्थीहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ।

वडा कार्यालय भित्र रहेका १० वटा विद्यालयहरु मध्येबाट उत्कृष्ट शिक्षक तथा २०७८ सालको एसईई परिक्षा र नगरस्तरीय कक्षा ८ को परिक्षामा सर्वोत्कृष्ट अकं ल्याउने विद्यार्थीलाई एक कार्यक्रमको आयोजना गरि सम्मान एवम् पुरस्कृत गरिएको हो।

जसमध्ये उत्कृष्ट ३ शिक्षक तर्फ छत्र निम्न माध्यमिक विद्यालयकी शिक्षिका कमला खरेल, कालिका प्राथमिक विद्यालयकी शिक्षिका नमिता अर्याल र सरस्वती माध्यमिक विद्यालय शिक्षक केशवराज घिमिरेलाई सम्मान पत्र र नगद रु ५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो।

सिंचाई
Forest
Ad.

सिकाई उपलब्धी, विद्यालयमा उपस्थिति (हाजिरी), आचरण, समन्वय तथा अनुशासन, सम्बन्धित विद्यालय व्यवस्थापन समितिको मूल्याकंन र वडा समितिको राय सुझावको आधारमा वडा स्तरीय शिक्षा समितिले स्थलगत परिक्षण गरेपश्चात उनीहरुलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो।

त्यस्तै वडाभित्र रहेका विद्यालयहरुबाट २०७८ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अकं ३.२५ जिपिए ल्याएर वडा प्रथम हुन सफल मिलन रायमाझी, समान ३.१६ जिपिए ल्याएर वडा द्धितिय हुन सफल बर्षा पुन र ममता पाठकलाई सम्मान गरिएको हो । उनीहरुलाई क्रमशः नगद रु ५ हजार र नगद रु.३ हजार तथा सम्मान पत्रले सम्मान गरिएको हो।

यता २०७८ सालको नगरस्तरीय कक्षा ८ को परिक्षामा वडाबाट सर्वोत्कृष्ट अकं ३.७८ जिपिए ल्याउने लक्ष्मी सुनुवार र ३.२५ जिपिए ल्याएर वडा द्धितिय हुन सफल सुमन गिरीलाई क्रमश नगद रु ३ हजार र रु.२ हजार तथा सम्मान पत्रले सम्मान गरिएको हो ।

चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत शिक्षक तथा विद्यार्थीहरुमा प्रतिष्प्रधी भावना सिर्जना गर्ने र शिक्षण सिकाई क्रियाकलापलाई अझै प्रभावकारी बनाउने उद्धेश्यले शिक्षक, विद्यार्थी सम्मान कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो। विद्यार्थीहरुलाई नियमित विद्यालय ल्याउने तथा टिकाई राख्ने र पढ्ने भावनाको विकास गराई अध्ययनमा प्रोत्साहन गर्नु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको उहाँको भनाई छ । वडा कार्यालयले वडा कार्यालय अन्तर्गत रहेका शिक्षकहरुको सिकाई उपलब्धीका आधारमा स्तर वर्गीकरण गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो।

Awareness by SKF

मुसिकोट नगरपालिकाका नगर उपप्रमुख गगां श्रेष्ठले मुसिकोट नगरपालिका वडा नं १ ले नगरपालिकामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको भन्दै भावि दिनमा नगरपालिका भर नै कार्यक्रम गर्ने बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको विकासका लागि नगरपालिकाले कार्यदल नै गठन गरि लागिरहेको बताउनुभयो।

नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जिवि थापाले दरखास्त दिएर पुरस्कृत हुने प्रणाली विरुद्ध वडाले नमुना कार्यको सुरुवात गरेको बताउनुभयो । वडास्तरीय शिक्षा समिति सदस्य समेत रहनुभएका उहाँले आगामी दिनहरुमा अझै सुदृढीकरण, परिस्कृष्त र कार्यक्रमको मोडालिटी चेन्ज गरेर अझै बृहत बनाउनुपर्ने सुझाव दिनुभयो।

सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेलले एसईई राष्ट्रिय स्तर र कक्षा ८ नगरस्तरीय हुने भएकाले विश्वसनिय आधारमा विद्यार्थीहरुको मुल्याकंन गरि पुरस्कृत गर्ने कार्य उत्कृष्ट लागेको बताउनुभयो।

कार्यक्रममा सिद्ध प्रा.विका शिक्षिका सपना घिमिरे, छत्र नि.माविका प्र.अ विष्णु गिरी, जनज्योति मा.विका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भुपेन्द्र रायमाझी, वडा सदस्य दान बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका विद्यालय व्यवस्थापन समिति पदाधिकारी, विद्यालयका प्र.अ तथा शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।

वडा सदस्य विष्णुध्वज खातिको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा कार्यालयका कम्प्युटर अपरेटर विष्णु फुल्लेलले सञ्चालन गर्नुभएको थियो।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया