Smoking Causes Cancer

आनन्दपुर मावि, इस्माको ४ कोठे भवन शिलान्यास



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीको इस्मा गाउँपालिका-५ मा रहेको आनन्दपुर माध्यमिक विद्यालयको चार कोठे भवन शिलान्यास गरिएको छ।

शुक्रबार गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले विद्यालयको चार कोठे भवनको शिलान्यास गरेका हुन्। शिलान्यास गर्दै अध्यक्ष खड्काले समयमै काम सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे। समयमै काम सम्पन्न गरि सुविधा सम्पन्न भवनबाट पठनपाठन गराउनु पर्ने अध्यक्ष खड्काले उल्लेख गरे।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाख रकममा चार कोठे भवन निर्माण हुने गाउँपालिकाका प्राविधिक सन्तोष थापाले जानकारी दिए । साथै जेठ मसान्तसम्म काम सक्नु पर्ने छ।

सिंचाई
Forest
Ad.

भवन शिलान्यासमा वडा अध्यक्ष झविन्द्र अर्याल, गाउँपालिकाका शिक्षा शाखाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि शिक्षक लगायतको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया