सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्कोट पाँणथोक स्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको श्रीमतभागवत धनधान्यान्चल सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ।
फाल्गुण ६ गतेबाट सुरु भएको महायज्ञ उल्लेख्य श्रद्धालु तथा अतिथिहरुको उपस्थितिमा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर स्तरवृद्धि गर्ने र माध्यमिक तह सञ्चालन गर्ने प्रमुख उद्धेश्य सहित सञ्चालित महायज्ञमा ३ लाख रुपैयाँ आर्थिक सकंलन भएको लेखा समिति संयोजक डिल्लीराज खरेलले जानकारी दिनुभयो। त्यस्तै ३ सय मुरी धान सकंलन भएको छ।
विद्यालयले राखेको उद्धेश्य बमोजिम अर्लाङ्कोट जन्म भई हाल रोजगारीको शिलशिलामा देश तथा विदेशमा रहनुभएका महानुभाव र महायज्ञमा पाल्नुहुने श्रद्धालु भक्तजनहरुबाट अपेक्षाकृत सहयोग हुनुका साथै अन्य कार्यक्रमहरु पनि भव्य रुपमा सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक यज्ञमूर्ति सापकोटाले जानकारी दिनुभयो। उहाँले महायज्ञ सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सम्पूर्ण महानुभावलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।
महायज्ञमा गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, गुरुदेव श्री १००८ स्वामी विवेकानन्द सरस्वती महाराज, प्रतिष्ठित कथाकार चेतराज कण्डेलको प्रमुख कथा वाचन एवम् पण्डित पूणर्भद्र गौतमज्यूको यज्ञाचार्यत्व रहेको थियो। ८ दिनसम्म चलेको महायज्ञमा भजन कृतन, पुजा पाठ, पारायण, चन्दादाता सम्मान लगायतका कार्यक्रमहरु पनि सम्पन्न भएका छन्।
महायज्ञको गुरुदेव श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले उद्घाटन गर्नुभएको थियो। समापन समारोहमा गुल्मी क्षेत्र नं २ का प्रदेश सांसद डिल्लीराज भुषाल, मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा सन्त समाज राष्ट्रिय अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती, १००८ स्वामी विवेकानन्द सरस्वती, प्रदेश सांसद डिल्लीप्रसाद भुसाल, रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी, गलकोट नगरपालिका प्रमुख भरत गैरे, जिल्ला स्थानीय सरकार समन्वय समिति प्रमुख तथा चन्द्रकोट गाउँपालिका पुर्व अध्यक्ष द्रोण खत्री, नेपाल सरकारका पुर्व सचिव शंकर खरेल, अर्लाङकोट सेवा समिति जापानका संस्थापक अध्यक्ष टिकाराम खरेल लगायतको आतिथ्यता रहेको थियो।
दानदाताहरु अर्लाङकोट बाहिरका, मुसिकोट बाहिरका र गुल्मी बाहिरका पनि हुनुहुन्छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










