Smoking Causes Cancer

गुल्मीमा पछिल्लो समय चोरीका घटना बढ्दो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा पछिल्लो समयमा मन्दिर र सहकारीमा चोरीका घटना बढ्दै जान थालेको छ। एक साताको अवधिमा जिल्लामा दुई सहकारी र मन्दिरमा चोरी भएको थियो। चन्द्रकोट गाउँपालिका-४ को चन्द्रकोट बचत तथा ऋण सहकारी संस्थाको रु. तीन लाख ५० हजारका साथै सिसी क्यामेरासमेत चोरी भएको शान्तिपुर इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक गिरीबहादुर रोकाले बताउनुभयो।

त्यस्तै सोही गाउँपालिका-७, रुपाकोटको साना किसान कृषि सहकारी संस्थाबाट रु पाँच लाख भन्दाबढी रकम चोरी भएको थियो। गत चार दिनअघि राति च्यानल गेटको साँचो तोडेर रकम चोरी भएपछि अनुसन्धान अगाडि बढाइएको मजुवा प्रहरीचौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक राजु थापाले बताउनुभयो ।

यसैगरी रेसुङ्गा नगरपालिका–७का विभिन्न मन्दिरमा पनि चोरी भएको थियो । फागुन पहिलो हप्ता सिस्नेहार शिवालय मन्दिरमा काँशको घन्टी, तामाका गाग्री तथा कलश, त्रिशूल, जलधारी, काँचको कचौरा, शङ्ख र भेटी चोरी भएको त्यहाँका वडाध्यक्ष रामजी पन्थीले जानकारी दिनुभयो।

सिंचाई
Forest
Ad.

त्यस्तै वडा नं ७ कै सिस्नेहार कुलायन मन्दिरबाट घण्टी, तामाको बेला, चोरी भएको थियो भने नेटाको राम मन्दिरबाट घन्टी, शङ्ख, तामाको थालीलगायत सामग्री चोरी भएको वडाध्यक्ष पन्थीले बताउनुभयो । उहाँका अनुसार स्थानीय पुनाराम पाण्डेयका गाग्री, ताउला र थाल चोरी भएका थिए । स्थानीय प्रकाश मरासिनी, देवीराम पन्थी र जीवन पन्थीका दाउरासमेत चोरी भएको जानकारी आएको थियो।

रातिको समयमा चोरीसँगै गाउँका घरमा ढोका र चेनगेटमा हान्ने गर्न थालेपछि स्थानीयवासी आतङ्कित भएको वडा नं ७ निवासी शालिकराम पन्थीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले मन्दिर तथा सहकारीमा भएका चोरीका विषयमा अनुसन्धान भइरहेको बताउनुभयो।

उहाँले चन्द्रकोट गाउँपालिकामा सहकारीको चोरीका विषयमा स्थानीय चौकी र जिल्लाबाट गएको अनुसनधान अधिकृतको टोलीले घटनाबारे अनुसनधान गरिरहेको जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया