Clean Water Campaign

Awareness Campaign

‘अपाङ्गता परिचय पत्र त पायौँ, अब भत्ता पाईन्छ भन्दा झनै खुसी छौँ’



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिका वडा नं ३ की सावित्रा रानाकी ८ वर्षीय छोरी विपना राना जन्मजातै शारिरिक अपागंता भएर जन्मिईन्। उनी बोल्न, हिँड्न र आफुलाई सम्हाल्न समेत सक्दिनन्। यसरी पूर्ण रुपमै शारिरिक अशक्त एवम् अपागंता भएकाहरुलाई सरकारले भत्ता दिन्छ भन्ने सुनेपनि उनीसंग परिचय पत्र थिएन्। न त बनाउने कुनै आईडिया नै थियो।

नगरपालिकाले अपागंता परिचय पत्र वितरण गर्दै छ भन्ने थाहा पाएपछि उनी छोरीलाई लिएर वामीटक्सार आईपुगिन्। नगरपालिकाले आयोजना गरेको २ दिने नगरस्तरीय परिचय पत्र वितरण अभियानमा विपनाले क वर्गको परिचय पत्र पाएकी छिन् । “सरकारले भत्ता दिन्छ भन्ने त सुनेको थिएँ, तर कार्ड नहुँदा बञ्चित थिएँ अपागंता परिचय पत्र पाएपछि खुसी हुँदै उनले भनिन् -अब कार्ड त बन्यो सरकारबाट पाउने सेवा सुविधा पनि पाए छोरीको हेरचाहमा केही भएपनि सजिलो हुन्थ्यो।”

मुसिकोट नगरपालिका वडा नं ४ का चुरा बहादुर कुमालको एउटा खुट्टा छैन्। ६० वर्षीय कुमालले केही वर्ष अगाडी खुट्टा गुमाए । शारिरिक रुपमा अशक्त उनले ख वर्गको परिचय पत्र पाएपछि भत्ता पाईन्छ भन्ने सुन्दा खुसी लागेको बताए।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिकाले नगर क्षेत्रभित्र वसोवास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई २ दिने नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको आयोजना गरी अपांगता परिचय पत्र वितरण गरेको छ । उक्त कार्यक्रम मार्फत पहिलो दिन ३५ जना र दोश्रो दिन २५ जनालाई विभिन्न वर्गको परिचय पत्र वितरण गरिएको छ ।

जसमध्ये क वर्गका १०, ख वर्गका १९, ग वर्गका १७ र घ वर्गका १४ वटा परिचय पत्र वितरण गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सह-सयोंजक पुष्कर गौतमले जानकारी दिए।

अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्वन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपी र फोटोसहित पेश गरेको निवेदनको आधारमा कार्यविधि अनुरुप पूणर् अशक्त अपाङ्गता भएका व्यत्तिले रातो, अति अशक्त अपाङ्गता भएका ब्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गरेका छन्।

नगर उपप्रमुख तथा अपांगता नगर समन्वय समिति सयोंजक गगां श्रेष्ठले परिचय पत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहज रुपमा प्राप्त गर्न सक्ने बताईन् ।

Awareness by SKF

मुसिकोट नगरपालिकाले ‘मुसिकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५’ पारित गरेको छ । कार्यविधि अनुसार नगर उपप्रमुखको संयोजकत्वमा बनेको ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरणको काम गरेको नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिए।

मुसिकोट नगरपालिकामा यसभन्दा अगाडी २ सय ३७ जना अपागंताको सुचीमा सुचिकृत भएका छन् । विभिन्न समयमा नगरपालिकाले उक्त संख्यामा अपांगता परिचय पत्र वितरण गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखाका प्रमुख सुमन खरेलले जानकारी दिए। जसमध्ये २९ जनाले क वर्गको, १ सय ७ जनाले ख वर्गको, २९ जनाले ग वर्गको र ५३ जनाले घ वर्गको परिचय पत्र प्राप्त गरेको उनले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया