Clean Water Campaign

Awareness Campaign

मुसिकोट नगरपालिकाले सुरु गर्यो अपाङ्गता परिचयपत्र वितरण



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले नगर क्षेत्रभित्र वसोवास गर्ने आपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण सुरु गरेको छ।

नगरपालिकाले २ दिने नगर स्तरीय अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमको आयोजना गरी परिचय पत्र वितरणको काम सुरु गरेको हो । पहिलो दिन नगरपालिकाको १ देखि ४ नं वडामा रहेका नागरिकहरुलाई परिचयपत्र वितरण गरिएको हो ।

कार्यक्रमको पहिलो दिन ३५ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमध्ये क वर्गका ३, ख वर्गका ९, ग वर्गका ११ र घ वर्गका १२ वटा परिचय पत्र वितरण गरिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सह-सयोंजक पुष्कर गौतमले जानकारी दिनुभयो ।

सिंचाई
Forest
Ad.

मुसिकोट नगरपालिकाले ‘मुसिकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५’ पारित गरेको छ। कार्यविधि अनुसार नगर उपप्रमुखको संयोजकत्वमा बनेको ११ सदस्यीय अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिले परिचयपत्र वितरणको काम गर्ने नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रक्रिया पुरा भएका निवेदन, शारीरिक अवस्था, अस्पतालले दिएको सिफारिस र परिचयपत्र वितरण कार्यविधिका आधारमा परिचयपत्र वितरण गरिएको उहाँको भनाई छ।

नगर उपप्रमुख तथा अपांगता नगर समन्वय समिति गंगा श्रेष्ठले परिचयपत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहजरुपमा प्राप्त गर्न सक्ने बताउनुभयो।

अपाङ्गता भएका व्यक्तिले वडा कार्यालयको सिफारिस पत्र, सम्वन्धित स्वास्थ्य संस्थाको सिफारिस पत्र, जन्मदर्ता, नागरिकताको प्रमापणपत्रको प्रतिलिपी र फोटोसहित पेश गरेको निवेदनको आधारमा कार्यविधि अनुरुप पूणर् अशक्त अपाङ्गता भएका व्यत्तिले रातो, अति अशक्त अपाङ्गता भएका व्यक्तिले निलो, मध्यम अपाङ्गता भएका व्यक्तिले पहेलो र सामान्य अपाङ्गता भएका व्यक्तिले सेतो रंगको परिचयपत्र प्राप्त गरेका छन्।

Awareness by SKF

परिचय पत्र वितरणको दोश्रो दिन बिहिवार वडा नं ५ देखि ९ नं वडासम्मका नागरिकहरुलाई परिचय पत्र वितरण गरिने नगरपालिकाले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया