Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मीः नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ।

अभियान अन्तरगत दुई महिनासम्म बस्ती स्तरसम्म पुगेर पार्टी सदस्यता नवीकरण र विस्तार मार्फत आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने योजना रहेको छ। अभियानका लागि नेकपा एमाले जिल्ला कमिटी गुल्मीले प्रतिनिधी छनौट र भुगोल अनुसार कार्यविभाजन गरेको नेकपा एमाले गुल्मीका कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो।

यो अभियानमा केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रका ३ सय ५३ जना नेताहरु खटिनेछन् । यो अभियान ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा रहेका २ करोड ९२ लाख १ हजार ४ सय ६६ जनसंख्या बीच सञ्चालन हुनेछ । जहाँ १ करोड ७६ लाख ७३ हजार १ सय ९५ मतदाता छन।

सिंचाई
Forest
Ad.

स्थानीय तहको निर्वाचनमा सबै पालिकामा एमालेका पार्टीका अध्यक्षका उम्मेदवारले ३८ लाख २१ हजार ६ सय २० मत प्राप्त गरेका थिए । भने गत आम निर्वाचनमा सिंगो देशबाट समानुपातिक तर्फको २८ लाख ४५ हजार ६ सय ४१ मत पार्टीले हासिल गरेको थियो । संगठन विभागको अभिलेखमा अहिले १० लाख ७९ हजार २ सय ९ पार्टी सदस्यको विवरण रहेको छ।

यसलाई औसतमा हिसाब गर्दा १ जना केन्द्रीय नेताको जिम्मामा २ पालिका, १९ वडा, ८२ हजार ७ सय २४ जनसंख्या तथा ५० हजार ६६ मतदाता पर्छन् । एकजना केन्द्रीय सदस्यको जिम्मामा औसत ३ हजार ५७ पार्टी सदस्य पर्ने नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो।

पार्टीको भूगोल, विभाग र फाँटहरूमा जिम्मेवारी तोकिएका सबै पोलिटब्युरो र केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ । स्थायी कमिटीका सदस्यलाई अनुगमनको जिम्मेवारीमा खटाइएको छ । सबै केन्द्रीय सदस्यलाई हाल जिम्मा लिएको जिल्लाभन्दा फरक जिल्लामा खटाइएको छ । प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य र अन्य प्रतिनिधिलाई पनि स्वार्थ नबाझिने गरी नयाँ कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको श्रीपालीले बताउनुभयो।

केन्द्रीय र जिल्ला प्रतिनिधिको उपस्थितिमा पालिका कमिटीको बैठक आयोजना गर्ने, राम्रो सम्भावना भएका युवा र सम्भावनायुक्त अन्य व्यक्तिलाई पार्टीमा सामेल हुन प्रेरित गर्ने, भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने, विदेशमा रहेका सदस्यको हकमा भर्चुअल माध्यमबाट र टेलिफोनबाट सम्पर्क गरेर नवीकरण गरिने भएको छ । धेरैभन्दा धेरै टोल कमिटी गठन र पुनर्गठन गर्ने एमालेको लक्ष्य छ ।

Awareness by SKF

नेकपा एमाले गुल्मीले अभियानमा खटिने सवै नेताहरुलाई पार्टी कार्यालयमा मंगलबार प्रशिक्षणसहितको कार्ययोजना दिएको छ। केन्द्रिय प्रतिनिधी पोलिट व्यूरो सदस्य ठाकुर गैरै र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी उपसचिव धर्म विश्वकर्मासहितको टोलीले कालिगण्डकी, सत्यवति र रुरु क्षेत्र गाउँपालिकामा अभियान संचालन गर्नेछन्।

त्यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य चन्द्र खड्का र नेकपा एमाले जिल्ला कमिटी उपसचिव सावित्रा आचार्यले रेसुंगा, धुर्कोट र मदानेमा ‘मिसन ग्रासरुट’ अभियानको जिम्मेवारी पाएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका अध्यक्ष बालसिंह काउछाले जानकारी दिनुभयो।

त्यस्तै इस्मा, मालिका र मुसिकोटमा ‘मिसन ग्रासरुट’ संचालन गर्न नेकपा एमाले केन्द्रिय कमिटी सदस्य बलराम अधिकारी र जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जिम्मेवारी पाएको काउछाले बताउनुभयो। नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सृजना काफ्ले र जिल्ला कमिटीका उपाध्यक्ष कृष्ण सुनार चन्द्रकोट, छत्रकोट र दरवार गाउँपालिकाको जिम्मेवारीमा रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया