Salime Malika Krishi Farm

Awareness Campaign

सापकोटा परिवारद्वारा ज्ञानज्योति आधारभूत विद्यालयलाई बीस लाख बढीको चन्दा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका-९, अर्लाङ्गकोटमा अवस्थित ज्ञानज्योति आधारभूत विद्यालयले स्तरोन्नति र शैक्षिक गुणस्तर सुधार हेतु सहयोग संकलनका लागि विद्यालयको रजत महोत्सवको अवसरमा आयोजित धनधान्याचल महायज्ञमा स्व. प्रेमलाल सापकोटाका भाई, छोरा र नातीहरु सपरिवारद्वारा रु. २०,२१,१२१ अक्षरुपी बीस लाख एक्काइस हजार एक सय एक्काइस रुपैयाँ सहयोग उपलब्ध गराउनु भएको छ।

ग्रामीण क्षेत्रमा सुलभ र गुणस्तरीय शिक्षाका लागि भन्दै विशिष्ट समाजसेवी दानीहातहरु निरन्तर अघि बढिरहेका छन्। देशमा लोकतन्त्र आओस् की संघियता विदेशमा बस्ने नेपालीहरुको खुल्ला सहयोग बिना शिक्षा क्षेत्रमा कुनै सुधार हुन सकिरहेको छैन।

गुल्मी मुसिकोट नगरपालिका-९, अर्लाङ्कोट स्थित ज्ञानज्योति आधारभुत विद्यालयले आयोजना गरेको यहि मिति २०७९ फाल्गुन ०९-१५ गतेसम्म सञ्चालन गरिने विद्यालयको रजत जयन्ती महोत्सव तथा सप्ताह धनधान्याचल ज्ञान महायज्ञको अवसर पारेर सापकोटा परिवारद्वारा उक्त चन्दा सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त भएको हो।

सिंचाई
Forest
Ad.

ब्रह्मलिन प्रेमलाल सापकोटाका १२ भाई एवम् वहाँहरुका छोराहरुले सापकोटा परिवारका जिउँदो ईतिहास ८९ बर्षिय श्री शालिकराम सापकोटालाई यस विद्यालयको विशिष्ट आजीवन सदस्य बनाउने गरी ठुलो धनराशी सहयोग गर्नुभएको छ। शिक्षाप्रेमी, आस्तिक एवम् धार्मिक सापकोटा परिवारका पहिलो पुस्तामा स्व. प्रेमलाल/जयकला, स्व.खुमानन्द/धनकला, श्री शालिकराम/गोमा, स्व. डिलाराम/श्रीमती पवित्रा, स्व. वासुदेव/श्रीमती गौरादेवी, स्व. भुवानन्द/दयन्ती/रमना, स्व.ठानिश्वर/पुर्णकली, स्व. शिवशंकर/श्रीमती हेमकली, श्री हरि प्रसाद/भुमाकली, श्री लिलाकान्त/ललिता, स्व.देविराम/सावित्रा, स्व.वयमलाल/सावित्रा हुनुहुन्छ। पुर्व वडा अध्यक्ष श्री शालिकराम सापकोटा यस विद्यालयका पुर्व विशिष्ट दानदाता पनि हुनुहुन्छ।

समाजसेवी दानवीर सापकोटा परिवारबाट दोस्रो पुस्ताका श्री भुवन सापकोटा, यस रजत जयन्ती तथा सप्ताह धनधान्याचल ज्ञान महायज्ञका जापान संयोजक, अर्लाङ्कोट सेवा समाज जापानका पुर्व कोषाध्यक्ष तथा हाल सल्लाहकार, श्री बुद्धि सापकोटा रजत महोत्सवका अन्तर्राष्ट्रिय उपसंयोजक तथा अर्लाङ्कोट सेवा समाज जापानका पुर्व उपाध्यक्ष, हाल सल्लाहकार रहनु भएको छ भने यस परिवारका नाती पुस्ताबाट समाजसेवी श्री गिरिराज सापकोटा कोरिया संयोजक हुनुहुन्छ। अत्यन्तै बहु आयामिक समाजसेवी युवाहरु रहेको सापकोटा परिवारका श्री बुद्धि प्रसाद सापकोटा, श्री भुवन सापकोटा, श्री नरेश सापकोटा, श्री भरत सापकोटा, श्री देविराम सापकोटा, श्री रुद्र लाल सापकोटा, श्री घनश्याम सापकोटा, श्री केशवराज सापकोटा, श्री मोहनलाल सापकोटा, श्री डिलाराम सापकोटा, श्री राज सापकोटा, श्री खिमानन्द सापकोटा, श्री मित्रलाल सापकोटा, श्री लिलामणि सापकोटा, श्री चन्द्र सापकोटा, श्री दुर्गादत्त सापकोटा, श्री गिरिराज सापकोटा हुनुहुन्छ।

‘यहाँहरुको यो सन्देशजनक एकता, दानीमन, सहयोगी भावना र आफ्नो वास्तविक थातथलो वा मातृभूमि प्रतिको स्नेह, शिक्षा विकासको लागि फराकिलो हृदय बनाउँदै दानी हात अघि बढाउने महान व्यक्तित्व तपाईंहरुको दत्तचित्तले प्रशंसा गर्दछौँ।’ रजत महोत्सव समारोह समितिद्वारा प्रकाशित आभारपत्रमा उल्लेख गरिएको छ।

सापकोटा परिवारको यस किसिमको उदाहरणीय कार्यको सर्वत्र प्रशंसा गरिएको छ। शैक्षिक गुणस्तर सुधारका लागि सापकोटा परिवारको योगदान उदाहरणीय र अनुकरणीय छ।

Awareness by SKF

आउँदो फागुन ९ गते देखि १६ गतेसम्म विद्यालयमा रजत महोत्सव श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ।

२०५४ सालमा स्थापना भएको ज्ञानज्योति आधारभुत विद्यालयमा हाल कक्षा १ देखि ८ सम्मका कक्षा सञ्चालन हुदै आएका छन्। विद्यालयको शैक्षिक गुणस्तर सुधार एवम् स्तरवृद्धि गर्ने लक्ष्यका साथ रजत महोत्सव तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञान महायज्ञलाई सफल बनाउन यतिबेला विभिन्न ठाउँ ठाउँमा महाेत्सवकाे प्रचार प्रसार र भेटघाट कार्यलाई तिव्रताका साथ अगाडी बढाइएको विद्यालयका प्रधानाध्यापक यज्ञमुर्ति सापकोटाले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया