Smoking Causes Cancer

ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’ युट्युबमा (भिडियो सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।

गण्डकी: मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ। गायक वसन्त थापा र गायिका देवी घर्ती मगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानलमार्फत बजारमा आएको हो।

गीतको शब्द प्रल्हाद सुवेदीले लेखेका हुन्। सङ्‌गीत गायक थापा आफैँले गरेका छन्। ठेट शब्द, मन छुने भाका र स्वरका कारण गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको थापाले बताए। ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ।

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोक भाका हो। पहिले पहिले मेलापात र रोधीघरमा ठाडोभाका गुन्जन्थ्यो। पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ। आधुनिकताको प्रभावले पुराना लोकभाका संकटमा परेका छन्। गीतका माध्यमबाट आफ्नो पहिचान र मौलिकता प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गीत बजारमा ल्याएको थापाले बताए। -उकालो

सिंचाई
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया