गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं ७ की गंगा शेरचनको विभत्स अवस्थामा शव भेटिएको ५ दिन बितिसक्दा समेत प्रहरीले घटनासंग सम्बन्धित कुनै पनि प्रमाण वा सुचना बाहिर नल्याएको भन्दै मुसिकोट नगरपालिकामा क्रियाशिल महिलाहरुले प्रहरीको ध्यानाकर्षण गराएका छन्।
आइतबार बिहान आफ्नै होटलमा मुसिकोट नगरपालिका-७, न्वाराकी ५७ वर्षीया गँगादेवी शेरचनको शव हात-खुट्टा सेतो टेपले बाँधेर घोप्टो अवस्थामा फेला परेको थियो।
सम्बन्धित खबर: गुल्मी हत्या प्रकरण: ‘ठेकेदार’ भनिने अपरिचित व्यक्ति प्रति स्थानीयको आशंका
उनीहरुले वामी प्रहरी चौकीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यथासक्य अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन समेत माग गरेका छन्।
मुसिकोटमा रहेका महिलाहरुद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा यस प्रकारको गम्भीर अपराधिक क्रियाकलापले प्रहरीको सुरक्षा व्यवस्थामा चुनौती थपेको भन्दै यस क्षेत्रको शान्ति सुरक्षामा कमी हुन नदिन आग्रह गरेको छ।
घटनाले आम महिला तथा घटना प्रभावित क्षेत्रका स्थानीय त्रसित र आतकिंत भएको भन्दै शान्ति सुव्यवस्थाको प्रत्याभूत दिलाउन र फेरी यस प्रकारका घटना हुन नदिन चनाखो बन्न समेत आग्रह गरेको छ। -जिटिभी नेपाल

|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










