बुटवल: सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको छ। निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले सुरुङ खन्ने आधारस्थल निर्माण थालेको हो। सुरुङको डिजाइन भने अन्तिम स्वीकृतिका लागि अध्ययनमै छ। फागुनदेखि सुरुङ नै खन्ने तयारी छ।
सुरुङ निर्माणअघि प्रवेश र निस्कनेद्वारामा भौतिक संरचना निर्माण गर्नुपर्छ । अहिले रामापिथेकस पार्क नजिकै आधारस्थल बनाउन डोजरले खन्न थालेको छ। सुरु भएको तीन वर्षमा निर्माण सक्ने फिल्डमा खटिएका चिनियाँ कम्पनीका इञ्जिनियरहरुले जनाएका छन्।
चिनियाँ निर्माण कम्पनी स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले अघिल्लो महिना सुरुङमार्गको ड्रोइङ र डिजाइन बुझाइसकेको छ । सुरुङमार्ग निर्माणको लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले सुरुङमार्गको ड्रोइङ र डिजाइन सन् २०२२ को डिसेम्बरसम्म बुझाउने समयसीमा तोकिएको थियो।
निर्माण कम्पनीले तोकिएको समयमै डिजाइन र ड्रोइङ बुझाएकाले निर्माण कार्य पनि तोकिएकै समयमा हुने सडक विभागको भनाइ छ । स्विट्जरल्यान्डको स्विस डेभलपमेन्ट कर्पाेरेसन (एसडिसी)ले सुरुङमार्गको प्राविधिक परामर्शको काम गरिरहेकाले गर्दा सहयोग दिइरहेको छ । सोहीअनुसार चिनियाँ कम्पनीले पेस गरेको आयोजनाको डिजाइनमाथि आवश्यक अध्ययन गर्न एसडीसीको प्राविधिक टोलीलाई पठाइएको छ।
उक्त प्राविधिक टोलीले डिजाइनमाथि अध्ययन गरेर थप सुझाव दिन सक्नेछ। चिनियाँ कम्पनीले सोही सुझावअनुसार डिजाइनलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यसपछि विभागले आयोजनाको डिजाइन स्वीकृति गर्नेछ । त्यसपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने विभागको भनाइ छ।
सुरुङमार्ग निर्माणका लागि स्विस डेभलोमेन्ट कर्पाेरेशन (एसडिसि) ले प्राविधिक परामर्शदाताको रुपमा काम गरीरहेको र निर्माणम कम्पनीले बुझाएको सुरुङमार्ग निर्माणको डिजाइन अध्ययन गरिरहेको छ।
निर्माण कम्पनीले बुझाएको डिजाइन र ड्रोइङलाई प्राविधिक परार्मदाता एसडिसिले अध्ययन गरिरहेको सडक विभागका उप–महानिर्देशक भिर्माजुन अधिकारीले बताए । ‘निर्माण कम्पनीले बुझाएको डिजाइनमा एसडिसीले थप अध्ययन गरिरहेको छ। आवश्यक सुझाव तथा राय दिएर र डिजाइन र ड्रोइङ परामर्शदाताले स्वीकृति गरेपछि आयोजनाले पनि स्वीकृति गरेर निर्माण कार्य सुरु हुन्छ।’, उनले भने।
डिजाइन स्वीकृतिको काम आगामी एक–दुई हप्तामै पूरा हुने र फागुनबाट आयोजनाले निर्माण कार्य सुरु गर्ने उप–महानिर्देशक अधिकारीको भनाइ छ । सुरुङमार्गको एसडिसिको टिमले प्रारम्भिक अध्ययन गरेरको भएकाले आयोजनको परामर्शदाताको रुपमा काम गर्दै आएको छ।
इपिसी मोडेलमा निर्माण गर्न सम्झौता भएको थियो । २ लेनको १ हजार १ सय २६ मिटरको सुरुङमार्गमा ३ वटा आकस्मिक सुरुङमार्ग निर्माण हुने छ । १ मुख्य र ३ वटा वाइपास सुरुङमार्ग निर्माण हुने छ । अर्काे भनेको त्यहाँ माथि भएका बग्ने ढुंगाहरु हटाउने छ। ढुंगाहरु हटाएर त्यहाँ फलामे जालीले थप जोखिमलाई नियन्त्रण गर्न रक सेड बनाउने र ८० देखि ८५ डिग्रीको स्वल्प रहेकाले निर्माण कार्य भौगोलिक हिसाबले चुनौती रहेको आयोजनाको भनाइ छ।
सडक मार्गमा माथिबाट पहिरो आए पनि छाता आकारको पूर्वाधार निर्माण गरिने छ । पहिरो माथिबाट झरेर सिधा खोलामा जाने गरी रकसेड निर्माण हुने जनाएको छ । निर्माण हुने सुरुङ मार्गबाट इन्धनको ढुवानी गर्न ट्रक तथा दुई पांग्रे साधनलाई निषेध गरिने छ। ०७८ फागुनको अन्तिम साता सो कम्पनीसँग आगामी ५ वर्षमा निर्माण समापन गर्ने गरी सम्झौता भएको थियो।
सम्झौताअनुसार ९ महिनाभित्र चाइना स्टेट कन्स्ट्रक्सनले डिजाइनको गरेर बुझाउने समयसीमा दिइएको थियो । चाइना स्टेटले कन्स्ट्रक्सनले बुझाएको डिजाइन एसडिसी र आयोजनाले स्वीकृत गरेपछि सुरुङ निर्माणको काम सुरु हुने विभागको भनाइ छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनीले निर्माण गरिसकेपछि पनि ५ वर्षसम्मको मर्मत तथा सञ्चालन गर्नु पर्ने छ।
यसरी १० वर्ष प्रत्यक्ष निगरानीमा रहने छ । मूल सरुङमार्ग १ हजार १ सय २६ मिटर लम्बाई रहने छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कम्पनी निर्माणका लागि छनोट भएको थियो । सिद्धार्थ राजमार्गमा निर्माण हुने सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीको प्रस्ताव पेश भएकोमा ४ कम्पनी छनोटमा परेको भए पनि चाइना स्टेट कन्स्ट्रक्सनले कम कबालमा निर्माणको जिम्मा पाएको थियो।
आयोजनाले निर्माणको लागि आन्तरिक तयारी स्वरुप साइड क्लियरेन्स, डाइर्भसनलगायत यन्त्र उपकरण संकलनको काम गरिरहेको जनाएको छ। डिजाइन स्वीकृति पछि लगत्तै आयोजनाले सुरुङ खन्ने काम सुरु गर्ने जनाएको छ। -लुम्बिनी दैनिक
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |