गुल्मी: लोक गायक रामचन्द्र चन्दको उतारचढावपूर्ण जीवनकथामा आधारित भई सिर्जना गरिएको ‘मेची महाकाली’ सार्वजनिक भएको छ।
लामो समयदेखि लोक सिर्जनाहरुमा कुशल एरेन्जर तथा गायक रामचन्द्र चन्द संग सहकार्य गर्दै आएका गुल्मेली सर्जक खिमानन्द खरेलको नयाँ सिर्जना गायक रामचन्द्र चन्द कै जीवन भोगाइलाई विषयवस्तु बनाएर सिर्जना गरिएको छ। यस गीतका शब्द रचनामा सर्जक हेमनाथ खरालले सहयोग गरेका हुन्।
चर्चित गायिका शान्ति श्री परियार र रामचन्द्र चन्दले गाएको यो कालजयी कृतिमा शब्द लय पनि खिमानन्द खरेलको आफ्नै रहेको छ। लोकलय क्षेत्रका हस्तीहरुले यो गीत यस वर्ष कै उत्कृष्ट सिर्जना हो भनेर दावी गरिरहनुभएको छ।
सांगीतिक सफलताको सफलताको शुभकामना व्यक्त गर्दै लोकप्रिय गुल्मेली गायक रामचन्द्रलाई नवदाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दछौँ।
म्युजिक भिडियो हेरौँ र शेयर गरौँ:
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








