कृष्ण अन्जान, रिडीबजार: रुरुधाममा माघेसक्रान्ति मेला शुरुभएकाे छ। याे पटककाे मेला विगत भन्दा अत्यन्तै भिडकाे ठेलमठेल छ। बगर, बजार, कालीगण्डकी नदिकाे किनार कतै खुट्टाे राख्ने ठाउँ छैन। गुल्मी तर्फकाे रिडीखाेला किनार र रुरुखेल मैदानमा व्यापारिक स्टलहरुमा किन्ने र बेच्नेहरुकाे भिड उत्तिकै छ।
याे वर्ष कृषि मेला प्रदर्शनी पनि लागेकाे छ। याे क्षेत्रमा उत्पादित कृषि उत्पादनलाई अवलाेकन गर्नेहरु पनि उत्तिकै छन। यसैगरी रिडी आउने तिर्थयात्रीहरुका लागि नुहाउने घाटकाे व्यवस्थापन गरिएकाे छ मुख्य रुपमा घाटक्षेत्रकाे फाेहर मैलालाईकाे सरसफाइ गर्दै स्वच्छ र कन्चन कालीगण्डकीकाे तटमा तिर्थालु हरुले नुहाउन सकुन भनेर सरसफाइ गरिएकाे आयाेजक एफ सि क्लवका अध्यक्ष प्रा श्चित कसजुले बताए। याे वर्ष डाेल्पा बाग्लुङ राेल्पा क्षेत्रबाट राडि पाखि घाँजि डाेका ठेका सुपाका व्यापारी हरु धेरै आएका र उनिहरुलाई खाना पकाउन र जाडाेमा आगाे ताप्न दाउराकाे व्यवस्थापन रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विककाे पहलमा उपलब्ध गराइएकाे छ।
आगामी वर्षका लागि पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता वडाध्यक्ष विक बाट भएकाे रुरु फ्रेण्डस क्लबका सचिव प्रेम भण्डारीले दिए। खेल मैदान क्षेत्रमा बृहत् साँस्कृतिक कार्यक्रममा लाेकदाेहाेरी कलाकारका श्वरहरु गुन्जिरहेका छन । राष्ट्रिय र स्थानीय कलाकारहरुका बेजोड प्रस्तुतिले माघकाे जाडाेमा दर्शक तताउने काम भएकाे छ।
रुरुधाममा कृयाशिल रुरुफ्रेण्डस क्लब र एफ सि क्लबकाे सँयुक्त आयाेजनामा हुने याे महाेत्सव सभ्य भव्य मर्यादित र पारदर्शी रुपमा सन्चालन गर्न साेहि अनुसार व्यवस्थापन गरिएकाे छ ।आयाेजक हरुले माघ १ देखि ६ गते सम्म रिडीबजारमा मेलाकाे अवलाेकन गर्न आम नागरिक लाई आह्वान गरेकाे छ र याे पटक मेलाका लागि प्रवेश शुल्क निशुल्क बनाईएकाे छ ।रिडी झरेपछि पुलतिर है पुलतिर जाम भन्दै तिनमुखे पुलतिर जानेकाे उत्तिकै भिड छ ।
पहिलो दिन कालीगण्डकी नुहाउने हरु र मठमन्दिर तिर दर्शन गर्नेकाे अत्यधिक भिड छ। हजारौँ सावारी साधन हरु बगर सडक क्षेत्रमा पार्किङकाे व्यवस्था मिलाईएकाे छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







