गुल्मी: गुल्मीमा संस्कृति संरक्षण गर्नका लागि पन्चेबाजा वितरण गरिएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-८, तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो।
वडा भित्रका दलितहरुले पन्चेबाजा बजाई जीविकोपार्जन गर्ने उनीहरुको पेशालाई संरक्षण गर्र्न र आर्थिक रुपले पनि सम्पन्न बनाउनका लागि पन्चेबाजा वितरण गरिएको अर्यालले बताउनुभयो। वडा नं ८ भित्र चार सय घरधुरीहरु दलित भएकाले उहाँहरुलाई आर्थिक रुपले सम्पन्न बनाउनका लागि पनि वडा कार्यालय र पालिकाले थप कार्यक्रमहरु बनाएको उहाँको भनाई छ।
तल्लो तहको जीव स्तर माथि नउस्के सम्म परिर्वतन नहुने भन्दै उनीहरुको पेशालाई माथि उकास्नका लागि पन्चेबाजा वितरण कार्यले थप टेवा पुग्ने वडा अध्यक्ष फडिन्द्र अर्यालले बताउनुभयो।
यता गाउँपािलकाका अध्यक्ष युवराज केशीले पुस्तौ देखि गर्दै आएको पेशालाई संरक्षण गर्नु आफूहरुको दायित्व भएको बताउनुभयो। उहाँहरुको सिपलाई थप व्यवस्थित गर्ने बताउँदै कला संस्कृति र परम्परालाई बचाई राख्नका लागि आवश्यक अन्य सहयोग गर्न पनि गाउँपालिका तयार रहेको उहाँको भनाई छ।
गाउँपालिका भित्रका नागरिकहरुलाई आफूहरुसंग भएको सीपलाई ब्यवस्थित गर्न र युवाहरुलाई स्वदेशमै टिकाई राख्नका लागि आफूहरुले योजना बनाएको खत्रीले बताउनुभयो। -प्रतिक खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







