Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङको एक गाउँपालिकाले किसानका सूचना अब ‘कृषी फर्म’ एप मार्फत दिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: किसानको हात-हातमा स्मार्टफोन छ। देशभरका सूचना क्षणभरमै पाउँछन्। तर, किसान आफ्नै सूचनाबाट बञ्चित छन्। सूचनाबाट नजिक बनाउन काठेखोला गाउँपालिकाले मोबाइल एप मार्फत कृषकलाई कृषी सूचना प्रदान गर्न थालेको हो।

गाउँपालिकाले तयार गरेको ‘कृषि फर्म’ मोबाइल एप्स स्मार्ट फोनमा डाउनलोड गरेपछि अब काठेखोलाका किसान आफ्नै लागि चाहिने सूचना र सन्देशबाट वञ्चित हुने छैनन्। मोबाईल एप निर्माण, व्यवस्थापन र सञ्चालनको विधि तथा आर्थिक सहयोग विवाईसी बागलुङको व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेसनल परियोजनाले गरेको हो।

उक्त सेवा निःशुल्क हुने हेफरइन्टरनेसनलका कार्यक्रम संयोजक तारा पन्थीले बताए। परियोजनाले मध्यम किसानमा कृषी सुचनाको पहुँच पु¥याउने उद्देश्यले मोबाइल एप्स सहयोग गरेको हो । परियोजनाले गाउँपालिकाको पशु तथा कृषी शाखामा रहने ‘किस्का मेसिन’ हस्तान्तरण गरेको छ । उक्त मेसिनमा कृषी फर्म मोबाइल एप्स जडान गरिएको छ। किसानले मोबाइल एपमार्फत कृषी फर्म एप्समा रहने कृषी विज्ञ तथा गाउँपालिकाको विषयगत शाखासँग समन्वय गरी सुचना प्राप्त गर्न सक्छन्।

सिंचाई
Forest
Ad.

सुचना पविधिबाटै खेतीपाती गर्ने तरिका, रोगकिराबारे जानकारी पाउन, मौषम अनुसारको खेतीपाती गर्नु सहज बनाउने हेफर इन्टर नेशनलका कार्यक्रम संयोजक तारा पन्थीले जानकारी दिए । मोबाइल एसएमएस सेवाबाट किसानहरुले घरमै बसेर मौसम र कृषी सम्बन्धी जानकारी पाउने छन् । किसानले सहजै मौसम, कृषी उत्पादनको सूचनासँग जोडिन सक्नेछन । बाली लगाउने सही समय, मल व्यवस्थापन, सिञ्चाई बाली बिरुवाको शत्रु तथा तिनको रोकथाम जस्ता कुराहरु मोबाइल एप्सबाट थाहा पाउन सकिने छ।

गाउँपालिकाले सञ्चालन गरेको एप्समा काठेखोलाका ४६९ जना कृषक जोडिएका छन् । कृषकहरुको व्यक्तिगत तथा खेतीवालीको विवरण एप्समा समावेश गरिएको विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले बताए।

किसानले आफ्नो मोबाइल एप्समार्फत विज्ञ केन्द्र वा स्थानीय तहको पालिका केन्द्रमा घरबाटै आफ्नो अन्नबालीमा लागेको रोग, किरा तथा पशुमा लागेको रोगबारे जानकारी दिएर आवश्यक विज्ञ सुझाव सल्लाह प्राप्त गर्नेछन् । प्राविधिकहरुले कुन क्षेत्रमा कस्ता बाली लगाउने, कति मल छर्ने, कसतो बालीमा कस्तो खालको रोग किरा लाग्छ र कसरी रोकथाम गर्ने लगायतका सन्देश कृषकको मोवाईलमा एप्समार्फत पुग्नेछ ।

पढ्न र लेख्न नसक्ने किसानको लागि भिडियो र अडियो सेवा व्यवस्थापन गरिएको छ। कृषी सुचना प्रणालीमा कृषकलाई जोड्ने गरी अभियान सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए । ‘कृषकको समय र पैसाको बचत गर्ने विषयमा गाउँपालिका सचेत छ’ उनले भने, ‘घरमै बसेर समस्या समाधान गर्न सक्नेगरी पहल गछौँ।’

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया