Salime Malika Krishi Farm

Awareness Campaign

आफू विरुद्ध प्रचारबाजी भएपछि एमाले गुल्मीका नेता गौतमले मागे पार्टीको आधिकारिक धारणा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

कृष्ण अन्जान, गुल्मी: गुल्मी क्षेत्र न १ र १ (२) काे निर्वाचन परिणाम सार्वजनिक भएपछि केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफू विरुद्ध गरिएका टीका-टिप्पणी प्रति नेकपा एमाले गुल्मीले आधिकारिक धारणा दिनुपर्ने नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य निलकण्ठ गौतमले पार्टीको आधिकारिक धारणा माग गरेका छन।

संघ र प्रदेशकाे निर्वाचन पछि क्षेत्र न १ काे संघ र १ (२) काे प्रदेशसभामा नेकपा एमालेले पराजय व्यहाेरेपछि निलकण्ठ गौतम लगायत केही नेताका विरुद्धमा अन्तरघात गरेकाे आशयका समाचार र सामाजिक संजालमा टीकाटिप्पणीहरु सार्वजनिक भएपछि गौतमले वास्तविकता पार्टीले अगाडी ल्याउनुपर्ने बताए। गौतमले भने- ‘यतिबेला हामीलाई सार्वजनिक रुपमा अभियुक्त बनाईएकाे छ।

यदि हाम्रो अपराध भए कारवाहि गरिनु पर्याे अन्यथा पार्टीले सफाई पेश गर्नुपर्याे ।’ ‘पार्टीले खटाएकाे काम गर्दै गर्दा राजनीतिक जीवनमै कलँक लगाउने गरि यस प्रकारका टीका टिप्पणी गर्न मिल्छ कि मिल्दैन ? कि प्रमाण सहित कारवाहि गर्नु पर्याे अन्यथा के कसरी यी कुरा आए यसकाे गहिराे छानवीन हुनुपर्याे’ गौतमले भने।

सिंचाई
Forest
Ad.

गुल्मी जिल्लाका नेता निलकण्ठ गौतम विक्रम सम्वत २०२० साल देखि पुष्पलाल श्रेष्ठको साथ लागेर वामपन्थी आन्दोलनमा कृयाशिल भएका हुन । पार्टीको निर्देशन बमाेजिम २०२६ सालमा तत्कालीन गौतमटाेल गाउँ पन्चायतकाे प्रधानपन्च निर्वाचित भएका उनी २०२८ सालमा प्रधानपन्चबाट राजिनामा दिई पुर्णकालिक कार्यकर्ताकाे रुपमा पार्टीको काममा कृयाशिल भए।

२०४८ मा थानपति गाउँ विकास समिति अध्यक्ष, जिल्ला विकास समिति गुल्मीकाे सदस्य हुँदै गौतम २०७४ सालकाे स्थानीय निर्वाचनमा रुरुक्षेत्र गाउँपालिकाकाे अध्यक्षमा निर्वाचित भएका थिए। -सेतोमसी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया