Smoking Causes Cancer

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा मुसिकोट नगरपालिका प्रमुख खरेलद्वारा शुभकामना व्यक्त



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

गुल्मी: अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले शुभकामना सन्देश दिनुभएको छ।

डिसेम्बर ३ मा हरेक वर्ष मनाइदै आइएको अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रुपान्तरणकारी समाधान पहुँचयुक्त र समतामूलक विश्व निर्माणका लागि विश्व प्रवर्तन’ भन्ने मुल नाराका साथ ३१ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइदैछ।

यस अवसरमा मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले फेसबुक मार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै अपाङ्गता भएका व्यक्तिहरुको स्वस्थ र सम्मानजनक भविष्यको कामना गर्नुभएको छ।

सिंचाई
Forest
Ad.

उहाँ थप्नुहुन्छ, नियति वा संयोगले आफू या आफ्ना निकटका प्रियजनले कुनै पनि बेला अपाङ्गताको सामना गर्नुपर्ने स्थिति आइपर्न सक्छ। यो हामी सबैको साझा सरोकारको विषय हो भन्ने चेतना प्रत्येकमा आओस्। व्यक्ति,परिवार र राज्यलाई अपाङ्गमैत्री बनाउन हामी सबै लागौँ।’ समाज र राष्ट्रलाई अपाङ्गमैत्री बनाउन सबै एकजुट हुन पनि उहाँले आग्रह गर्नुभएको छ।

अधिकारकर्मी सालिक खत्रीले नगर प्रमुखको सन्देशले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउछन। सबै जनप्रतिनिधि, बुद्धिजीवी वा सम्बन्धित निकायका व्यक्तिहरु अपाङ्गता भएका व्यक्तिहरुका सरोकारका विषयमा संवेदनशील भइदिन पनि उनले आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया