Awareness

गुल्मीमा ७ हजार भन्दा बढी मत भए बदर

खबर निर्वाचन-२०७९

Place for ads

गुल्मी: मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको हो।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत बदर भएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १८९३ र प्रदेश सभातर्फ १६८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताए।

Get Vaccinated

यो पनि पढ्नुहोस्: गुल्मीमा प्रतिनिधि सभा समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

जिल्लामा २ लाख २३ हजार ६१५ मतदाता मध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए। दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुग्नुले जिल्लामा धेरै संख्यामा मत बदर भएको अनुमान छ। जिल्लामा स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षा दिइए पनि प्रभावकारी नभएको गुनासो छ।

यसपटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता त्रुटीले मतदानमा समस्या उत्पन्न समेत भएको थियो। एउटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था सृजना भएको थियो। -प्रतिक खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *