Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा ७ हजार भन्दा बढी मत भए बदर



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी जिल्लामा ७ हजारभन्दा बढी मत बदर भएको छ। दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ ७ हजार ६१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जानकारी दिएको हो।

क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ १८२५ र प्रदेश सभातर्फ १६५९ मत बदर भएको छ। त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ १८९३ र प्रदेश सभातर्फ १६८४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले बताए।

यो पनि पढ्नुहोस्: गुल्मीमा प्रतिनिधि सभा समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो

सिंचाई
Forest
Ad.

जिल्लामा २ लाख २३ हजार ६१५ मतदाता मध्ये १ लाख २८ हजार ९७५ जनाले मतदान गरेका थिए। दलहरु गठबन्धन गरेर जानु र गाउँगाउँमा मतदाता शिक्षा नपुग्नुले जिल्लामा धेरै संख्यामा मत बदर भएको अनुमान छ। जिल्लामा स्वास्थ्य स्वयंसेविकाबाट मतदाता शिक्षा दिइए पनि प्रभावकारी नभएको गुनासो छ।

यसपटकको निर्वाचनमा मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले नै प्रतिनिधि सभाको मतपत्र दिने ठाउँमा प्रदेश सभाको मतपत्र दिने जस्ता त्रुटीले मतदानमा समस्या उत्पन्न समेत भएको थियो। एउटा केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था सृजना भएको थियो। -प्रतिक खबर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया