Place for ads

Awareness

बागलुङ-१ मा चित्र बहादुर केसी झिनो मतान्तरले अगाडी



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

बागलुङ: बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा झिनो मतान्तले अग्रता कायमै राखेका छन्।

केसीले दुई हजार नौ सय ३ मत प्राप्त गरेका छन्भने उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले दुई हजार ८ सय ३२ मतसहित पछ्याएका छन्।

Get Vaccinated

बिहान ८ः०० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले एक हजार ५ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले आठ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६२ मत प्राप्त गरेका छन् । हालसम्म दुइ सय ७० मत बदर भएको छ।

त्यस्तै बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । पौडेलले ४ हजार १ सय ३५ मत प्राप्त गरेकाछन् भने उनलाई नेकपा एमालेका उमेद्वार मञ्जु शर्मा चालिसेले ३ हजार ५ सय २७ मत सहित पछ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ६ सय ८९ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया