Smoking Causes Cancer

बागलुङ-१ मा चित्र बहादुर केसी झिनो मतान्तरले अगाडी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बागलुङ: बाग्लुङ निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले जारी मतगणनामा झिनो मतान्तले अग्रता कायमै राखेका छन्।

केसीले दुई हजार नौ सय ३ मत प्राप्त गरेका छन्भने उनलाई नेकपा (एमाले)का डा.सूर्यप्रसाद पाठकले दुई हजार ८ सय ३२ मतसहित पछ्याएका छन्।

बिहान ८ः०० बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले एक हजार ५ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सापकोटाले १४६, नेपाली कांग्रेस विपीका शिवलाल सापकोटाले आठ र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर क्षेत्रीले ६२ मत प्राप्त गरेका छन् । हालसम्म दुइ सय ७० मत बदर भएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै बागलुङ क्षेत्र नं. २ मा नेकपा माओबादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले जारी मतगणनामा अग्रता कायमै राखेका छन् । पौडेलले ४ हजार १ सय ३५ मत प्राप्त गरेकाछन् भने उनलाई नेकपा एमालेका उमेद्वार मञ्जु शर्मा चालिसेले ३ हजार ५ सय २७ मत सहित पछ्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ६ सय ८९ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया