Salime Malika Krishi Farm

Awareness Campaign

दाङ-२ मा भेटिए अधिकृतको हस्ताक्षर नभएका ८८ मतपत्र



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन्। यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ।

हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए। साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए।

मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । त्यसपछि यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो।

सिंचाई
Forest
Ad.

माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माका प्रतिनिधि विश्वराज आचार्यले ती मतपत्र मतपेटिकामा खसेका कूल मतपत्रको संख्याभन्दा बाहिरको भए स्वतः बदर हुनुपर्ने तर त्यही संख्याभित्रकै भए सदर गर्नुपर्ने आफूहरुको माग रहेको बताए । ‘यसमा कुनै नियत छैन भने जनताले पवित्र चाहनाले दिएको मतलाई सदर गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने, ‘यदि यो नियत हो भने कानुन बमोजिम हुनुपर्छ।’

पद्मोदय उच्चमावि, जबरकोट, बोझपोखरा, गढी समुदायिक बंगलाचुली लगायतका स्थानका मतपत्रमा हस्ताक्षर नभएको पाइएको थियो । ती सबै मतपत्र स्वतः बदर हुने मुख्य निर्वाचन अधिकृत कार्कीले बताए । ‘निर्वाचन अधिकृतका हस्ताक्षर नभएका ८८ मतपत्र भेटिएपछि अनौपचारिक रुपमा मतगणना स्थगित भएको जस्तो भयो, त्यसपछि मैले निर्वाचन आयोगसँग समन्वय गरें,’ उनले भने, ‘त्यो मतदान अधिकृतलाई छानबिन गरेर कारबाही गर्ने कुरा भयो र ती मतपत्र कानुनमा व्यवस्था बमोजिम बदर हुने भयो।’

आज बिहानसम्मको मत परिणाम अनुसार दाङ २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलभन्दा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता कायम राखेकी छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया