Smoking Causes Cancer

गुल्मी-२ मा एमालेका विष्ट ६ हजार ४४४ मत सहित अगाडि, कुन स्वतन्त्र उम्मेदवारले कति मत पाए?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

सन्जु काउछा, गुल्मी: गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका गोकर्ण विष्टले आफ्नो सुरुवाती अग्रता कायमै राखेका छन्। प्रतिनिधिसभा सदस्यको जारी मतगणनामा नेकपा एमालेका विष्टले ६ हजार ४४४ मत पाएका छन्।

नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्रीले ४ हजार ९४ मतसहित उनलाई पछ्याइरहेकी छन्। पछिल्लो मतगणना अनुसार झाँक्री भन्दा विष्ट २ हजार ३५० मतले अगाडि छन्। यतिबेला इस्मा गाउँपालिकाको मतगणना सकेर मदाने गाउँपालिकाको मतगनना चलिरहेको छ।

स्वतन्त्र उम्मेदवार कमला पुनको चुनावी चिन्ह सिरिन्जमा १२७ मत, हलो चुनावी चिन्हमा राष्ट्रिय प्रजातन्त्र पार्टीका युवराज घिमिरेले ११० मत, हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेको चुनाव चिन्ह लौरोमा २० मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार ठाकुर प्रसाद पाण्डेयको चुनाव चिन्ह तीरमा ८९ मत खसेको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै स्वतन्त्र उम्मेदवार अमर बहादुर कार्कीको चुनाव चिन्ह सुर्यमुखी फुलमा १९ मत, मंगोल नेशनल अर्गनाईजेशनको चुनाव चिन्ह कुखुराको भाले पदम बहादुर थापाले ४ मत र स्वतन्त्र उम्मेदवार केशर बहादुर थापाले अंगुरको झुप्पामा ३ मत र अर्का स्वतन्त्र उम्मेदवार तेजेन्द्र बहादुर महतले आफ्नो चुनावी चिन्ह खण्डे थालमा १ भोट प्राप्त गरेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया