टोपलाल अर्याल, गुल्मी: रेसुंगाको गौशालामा गाई पुजा गरिएको छ। प्रत्येक बर्षको तिहारमा गौशालामा गाईपुजा तथा गोर्वद्धन पूजा गर्ने गरिएको छ। रेसुंगाको गौशालामा डेढ सय स्थानीय जातका गाई रहेका छन्। संरक्षण समितिले एउटा गाईको चार हजार लिएर संरक्षणको काम आफै गरिरहेको छ। गौशालामा गाईको पुजा गर्न जानेहरुको बिहानैबाट घुइँचो लागेको छ।
गौशालामा गाई तथा गोर्वद्धन पुर्जा गर्ने, राम्रो र नयाँ घाँस, नुनसहितका मिठा परिवार खुवाउने र मुष्ठि दान गर्ने गरिएको रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए। गुल्मी र अर्घाखाँचीका धर्माबलम्बी गौशाालामा पुग्ने गरेका छन् । गाई पुजाको लागि तम्घास बजारमा एक सातादेखि मुष्ठिदान अभियान संचालन गरिएको थियो । यो अभियान तीन महिनासम्म चल्ने छ । उनले मंगलबार औसीसहित सुर्य ग्रहण रहेको र आज गरिएको दान अक्षय हुने भुसालले बताए।
रेसुंगा नगरपालिका, इस्मा र मुसिकोट लगायतका स्थानबाट घाँस र नुन बोकेर थुप्रै व्यक्ति गौशाला पुगेका थिए । ‘गाईको लागि गरिएको सेवा सवैभन्दा ठुलो हो । तर, अहिले गाई हेर्न गौशाला पुग्नुपर्ने स्थिती आयो,’ इस्मा गाउँपालिका ४ तुल्सीराम कुवंरले भने,‘मैले विभिन्न प्रकारका घाँस बोकेर गौशाला आएँ ।’ गौशालामा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलसहित सुरक्षा निकाय र म्यादी प्रहरीले गौशाला क्षेत्रको सरसफाई, घाँसका बिरुवा संरक्षण र व्यावस्थापन गरेका थिए । प्रशासन कार्यालयको नेतृत्वमा सोमबार पनि रेसुंगा क्षेत्रमा झाडी सरसफाई गरिएको थियो । गौशालामा माधव समिति लगायतका विभिन्न संघसंस्थाहरुले बर्षेनी सहयोग गर्दै आएको छन् । सामुदायिक उत्प्रेरणका लागि रेसुंगा जाने पैदल मार्ग र गौशालामा सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
गत बर्षदेखि रेसुंगाको गौशालाबाट अर्क (गो मुत्र) संकलन, प्रसोधन तथा बिक्री वितरणको काम सुरु गरिएको छ । २०४२ सालबाट योगी नरहरी नाथले रेसुंगा यज्ञशालामा कोटी होमको माध्यमबाट संकलन भएका २६ वटा गाइका बाच्छिहरुबाट गौशाला सुरु गरिएको थियो। अहिले लक्ष्मी जातका एक सय ५० बढि गाईहरुबाट गो मुत्र अर्थात गहुँत संकलन, प्रसोधन र बजारिकणको काम थालिएको रेसुंगा संरक्षण समितिले जनाएको छ । अहिले दैनिक २० लिटर गो मुत्र संकलन र प्रसोधन गरिएको छ । गो मुत्र काठमाण्डौ प्रयोगशालाबाट परिक्षण समेत गरिएको छ । परिक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडीवुटीहरु खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरुको गो मुत्र देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको भुसालले दाबी गरे । उत्पादित गो मुत्र अहिले देशमा विभिन्न आश्रमहरुमा पठाइएको छ।
रेसुंगा संरक्षण समितिका अनुसार प्रसोधित गो मुत्र केहि दिनमा लेवलिङ गरेर बजार पठाउने योजना रहेको छ। गौशालामा गो मुत्रलाई संकलन तथा प्रसोधन गरेर औषधी र धार्मिक कार्यको लागि बजारिकरणको काममा तारागाउँ विकास समितिका प्रमुख झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् । ज्ञवालीकै पहलमा दाताहरुबाट संकलन गरेका केहि रकमबाट ६० लाख रुपैयाँको लागतमा गौशाला व्यावस्थापन, गोपालहरुको वासस्थान र गाइलाई दर्शन गर्न आउने दर्शनार्थीहरुलाई बस्ने व्यावस्थासहितको काम भइरहेको संरक्षण समितिका सचिवले मोति खनालले बताए।
गो मुत्र प्रसोधनको लागि अझै अत्याधुनिक मेसिन पनि ल्याइएको छ । गौ मुत्र प्रसोधन गर्ने र मल बनाउने मेसिन विद्युत नभएको कारण संचालनमा नआएका कारण रोएिको छ । गाई भागवतानन्द स्वामीकै पहलमा भक्त झविन्द्र ज्ञवाली, समृति मल्ल र राजु मल्ल लगायतका व्यक्तिहरुले रिडी बगरका गाइहरुको व्यावस्थापन र रेसुंगा गौशालामा गो मुत्र संकलन तथा प्रसोधनको काम पनि गरिरहेका छन्। भागवतानन्दको पहलमा रिडीको बगरमा अलपत्र एक सय १६ गाईलाई नजिकैको कुसेनी भन्ने स्थानमा करिव ५० रोपनी जग्गा खोजेर व्यावस्थापन गरिएको गो संरक्षण अभियानका अभियान्ता समेत रहेका झविन्द्र ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार केहि समयमा रेसुंगा गौशालामा तीन/चार हजार स्थानीय जातका गाई पाल्ने र गो मुत्रबाट औषधी र गोवरबाट अगरबत्ति लगायतका सामग्री उत्पादन गरिने छ। जसका लागि देशभरका गाइभक्तहरुसंग सम्पर्क गर्ने काम भएको ज्ञवालीले बताए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










