गोकर्ण पाण्डे, गुल्मी: गुल्मीमा देउसी-भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ!
राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताएका छन्।
तिहारका बेला खेलिने देउसी-भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन्। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्फोटक पदार्थ (पटाकाहरू)को ओसारप्रसार, खरिद, बिक्रीमा रोक लगाएको छ। आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले रोक लगाएको साहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए।
उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने बताएका छन्। -गुल्मी अपडेट
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







