Salime Malika Krishi Farm

Awareness Campaign

भूकम्पका कारण वर्षालाई ‘मिनी हार्ट अट्याक’?, किन गरिन् फेसबुक डिएक्टिभेट



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: हिजो काठमाडौंमा भूकम्प आएको करिब एक घण्टापछि नायिका वर्षा शिवाकोटीले फेसबुकमा लेखिन्, ‘अ मिनी हार्ट अट्याक।’ धेरैले यसलाई ‘भूकम्प’ ले अत्याएको कुरालाई सांकेतिक तवरले व्यक्त गरेको भनेर बुझे । तर, नायिका शिवाकोटीले भने आफ्नो स्वास्थ्य अवस्थाकै कुरा गरेकी थिइन्।

निकटस्थका अनुसार बुधबार दिउँसो अचानक अस्वस्थ बनेकी वर्षालाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । दिउँसो करिब २ बजे अस्पताल पुर्याइएपछि उनलाई चिकित्सिकले चेकजाँच गरेका थिए । चिकित्सकले उनलाई ‘माइनर हार्ट अट्याक’ भए पनि अस्पताल बस्नु नपर्ने बताएको निकटस्थ स्रोतको भनाइ छ । सामान्य स्वास्थ्य परीक्षणपछि उनलाई डिस्चार्ज गरिएको थियो।

चिकित्सकले धपेडी र तनावका कारण माइनर हार्ट अट्याक भएको बताएका छन् । उनीहरुले चिन्ता नलिन र घरमै आराम गर्न सल्लाह दिएपछि वर्षा फर्किइन् । उनी आफ्नो निवासमा आराम गरिरहेकी छिन् । आरामकै बेलामा उनले स्टाटस लेखेकी हुन् । तर, आज उनले आफ्नो फेसबुक आईडी नै निस्क्रिय बनाइदिएकी छन् । उनको इन्टाग्राम अकाउन्ट भने चालू छ।

सिंचाई
Forest
Ad.

पछिल्लो समय वर्षा र श्रीमान् आशिषको सम्बन्धमा खटपट आएको समाचारहरू प्रकाशित भएका थिए । यही तनावले नै हार्ट अट्याक भएको त होइन ? भन्ने किसिमको अनुमान गर्न र सोध्न थालिएपछि वर्षाले आफ्नो भेरिफाइड फेसबुक अकाउन्ट नै डिएक्टिभेट गरिदिएको स्रोतले बताएको छ । उनले कसैको फोन पनि रिसिभ गरिरहेकी छैनन्।

फेसबुक डिएक्टिभेट गर्नुअघि वर्षाले आफ्नो अन्तिम स्टाटस संशोधन गरेकी थिइन्। उनले आफूलाई भूकम्पकै कारण मिनी हार्ट अट्याक भएको संकेत गरेकी छन् । उनले ‘मिनि हार्ट अट्याकपछि ह्यासट्यागमा ‘अर्थक्वेक’ थपेकी हुन् । तर, अहिले उनको फेसबुक नखुल्ने भएकाले उनको स्टाटस देखिँदैन।

वर्षाले गत वैशाख ९ गते अमेरिकी निवासी आशिष गेलालसँग लगनगाँठो कसेकी थिइन् । विहेपछि श्रीमानसँगै अमेरिका पुगेकी उनले नेपाल फर्किएको केही समयपछि नै श्रीमान्लाई इन्स्टाग्राममा अनफलो गरिन् । साथै, उनीहरु दुवैले विवाहको बाहेकका सबै तस्बिरहरू हटाएका थिए। यसले उनीहरूको सम्बन्धमा दरार आएको आशंका गरिएको छ। – नेपाल प्रेस

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया