Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी-२ का उम्मेदवार पाण्डेद्वारा चुनावी प्रतिवद्धता सार्वजनिक



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मीः गुल्मी क्षेत्र नम्बर२ मा हाम्रो नेपाल पार्टीका उम्मेदवार रामलाल पाण्डेले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन्।

आइतबार पत्रकार महासंघको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै पाण्डेले संसददेखि क्षेत्रगत एजेण्डाहरु सार्वजनिक गरेका हुन्।

‘बा-आमालाई टेकाउने, भ्रष्टहरुलाई सेकाउने’ भन्ने नाराका साथ चुनाव चिन्ह ‘लौरो’ पाएका पाण्डेले नागरिकको भावनालाई केन्द्रमा राखेर निर्णय लिने र कार्यान्वयन गर्ने, प्रत्यक्ष निर्वाचित सरकार प्रमुख प्रणालिको व्यवस्था गर्ने, कृषि प्रणालीलाई यान्त्रिकिकरण गरी उत्पादनको लागत घटाउनुको साथै उत्पादनमा आधारित अनुदान दिने, भ्रष्टाचार अन्त्य गर्न स्वतन्त्र र निष्पक्ष नागरिक आयोगको व्यवस्था गर्ने लगायतका एजेण्डा समावेश गरेका छन्।

सिंचाई
Forest
Ad.

क्षेत्रगत एजेण्डातर्फ क्षेत्र नम्बर २ मा बिजुली तथा मोबाईल नेटवर्क समस्या समाधान गर्न पहल गर्ने, नियमितरूपमा बिजुलीबाट बन्चित भएका समुदायहरुका लागी सोलार बत्तीको व्यवस्थापन गर्ने, जेष्ठ नागरिकहरुलाई घरदैलोमै मासिक रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने लगायत रहेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया