हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा ४५ हजार राशिको भलिबल प्रतियोगिता हुने भएको छ। नगरपालिकाको वडा नम्बर ५ आँपचौरस्थित सित्तलनगर समाजसेवी युवा क्लवले दसैँ एवम् तिहारको अवसरमा खेलको आयोजना गरेको हो।
खेल आगामी असौज २० देखि २४ गतेसम्म आँपचौरको सिमपोखरा खेलमैदानमा संचालन हुनेछ । प्रतियोगितामा जिल्ला भित्र एवम् बाहिरका खेलाडी सहभागि हुन सक्नेछन्। खेलमा प्रथम हुनेलाई ४५ हजार र द्वितिय हुनेलाई ३० हजार प्रदान गरिने क्लवका सचिव सुरज खरेलले जानकारी दिए। प्रतियोगितामा सेमिफाइनल पुग्ने दुई समुहलाई नगद १०/१० का दरले प्रदान गर्ने पनि क्लवले निर्णय गरेको छ।
क्लवले संस्कृति जगेर्नाका लागि लोकनृत्य प्रतियोगिताको पनि आयोजना गरेको छ । एकल वा सामुहीक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश: १५ हजार, १० हजार र पाँच हजार उपलब्ध गराइने सचिव खरेलले जानकारी दिए। भलिबल खेलमा प्रथम र द्वितिय हुनेलाई कप, मेडल र प्रमाणपत्र एवम् लोकनृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्रको पनि व्यवस्था गरिएको क्लवका सचिव खरेलले जानकारी दिए ।
क्लवले प्रतियोगितामा विधागत पुरस्कार पनि राखेको छ। जसअन्तरगत उत्कृष्ट खेलाडीको लागि दुई हजार पाँच सय, उत्कृष्ट टिम कोचको लागि तीन हजार, अनुशासन समुहको लागि तीन हजार पाँच सय, उत्कृष्ट स्पाइकर, लिब्रो, ब्लकर र सेटरको लागि एक हजार पाँच सयका दरले उपलब्ध गराइने खरेलले बताए । कार्यक्रममा विभिन्न राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने क्लवले जनाएको छ। वि.सं. २०६८ सालमा स्थापना भएको क्लवले सामाजिक क्षेत्रमा अन्य गतिविधि समेत गर्दै आइरहेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







