गुल्मी: नेकपा माओवादी केन्द्रका युवा नेता तथा गुल्मी क्षेत्र नम्बर २ बाट सो पार्टीबाट प्रतिनिधी सभाबाट उम्मेदवारमा सिफारिस भिमकान्त भण्डारीले एमाले नेता गोकर्ण विष्टलाई अब आराम गरेर बस्न सुझाव दिएका छन्। गृहजिल्ला स्थित सामुदायिक रेडियो स्काई र सामुदायिक रेडियो धुर्कोट संग रेडियो कुराकानी गर्दै उनले यस्तो सुझाव दिएका हुन्।
म २०५४ सालमा अर्जैको स्कुलमा पढ्दा त्यहाँको मोटरबाटो जस्तो थियो अहिले पनि हविगत उस्तै छ , भण्डारीले भने मैले अर्जैको मोटरबाटाको मात्रै उदाहरण देखाएर गोकर्ण विष्टज्युलाई आरोप लगाउन खोजेको होईन, सबैले सबैतिरको विकास हेरे छर्लङ्गै छ। यसर्थ मैले उहाँलाई ब्यक्तिगत रुपमा दोषारोपण गर्दिन , उहाँ सम्मानित नेता हो अब उहाँलाई आराम गरेर बस्न सुझाव दिन्छु, अब हामी युवाहरु उठ्छौं जित्छौं र जनताले चाहेको विकास गरेर देखाउँछौं।’
यो पनि: ओझेलका खबर एक्जिट पोल: अबको प्रधानमन्त्री को? एउटा विकल्प रोज्नुहोस्
उनले आफु संग केन्द्रिय स्तरमा सबै राजनैतिक दल र उच्चस्तररिय कर्मचारी संयन्त्र संग लिङ राम्रो भएकोले यस अघि गुल्मीमा झण्डै ११ अर्ब विकास बजेट पारि सकेको र अब आफुले जिते गुल्मी क्षेत्र नम्वर २ का जनताले अपेक्षा गरेको विकास गरेरै देखाउने उद्घोष गरे। गुल्मी क्षेत्र नम्बर २ मा एकिकृत समाजवादीका सचिव रामकुमारी झाँक्री पनि गठबन्धनबाटै उठ्ने चर्चा छ नि ? भन्ने प्रश्नमा उनले भने उहाँलाई गठन्धनले उमेदवार बनायो भने मैले सक्दो सहयोग गरेर जिताउने छु, उहाँ पनि युवा वर्गमा राम्रो सम्भावना भएको दिदी हो।
तर मैले पनि उमेदवारी पाउने सम्भावना नजिक भएका कारण यदि मैले पाएँ भने रामकुमारी दिदी सहित गुल्मेली जनताले सहयोग गरेर जिताउनु हुने छ भन्ने कुरामा म ढुक्क छु’ उनले भने । उनले कोरोना महामारीको बेला गुल्मीमा करोडौंको स्वास्थ्य सामाग्री भित्राएर स्वास्थ्य अभावमा ठुलो साथ दिएका थिए । केन्द्रमा बसेर पनि जिल्लाका विकास निर्माणमा बजेट हाल्नमा निकै भुमिका खेल्दै आएका भण्डारीको उमेर अहिले ३० बर्षको भएको छ। मालिका गाउँपालिका –५ छापाहिलेमा जन्मिएका भण्डारी विद्यार्थी राजनीतिबाट माओवादी केन्द्रको राजनीति सुरु गरेका थिए।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







