Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी-२ मा माओवादीले झाँक्रीलाई सीट नछाड्ने, गोकर्णसँग भिड्न भीमकान्त मैदानमा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: गठबन्धनको सीट बाँडफाँट थप पेचिलो बन्दै गएको बेला केही क्षेत्रमा नयाँ ट्वीस्ट आएको छ। यसअघि रामकुमारी झाँक्रीको लागि गठबन्धनमा अन्य दलले दाबी नगर्ने भनिएको गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र) ले बिहीबारदेखि सशक्त दाबी गरेपछि नयाँ ट्वीस्ट आएको हो।

नेकपा एसकी सचिव झाँक्रीले गुल्मी-२ मा चुनाव लड्नका लागि पछिल्लो समय सो क्षेत्रमा सक्रियता बढाएकै बेला माओवादी केन्द्रले युवा नेता तथा व्यवसायी भीमकान्त भण्डारीको नाम अघि सारेपछि सो क्षेत्रमा माओवादीको औपचारिक दाबी पेस भएको कार्यदल स्रोतले जनाएको छ।

कार्यदलमा राष्ट्रिय जनमोर्चाबाट सदस्य रहेका हिमलाल पुरीले गुल्मीमा आफूहरूले पनि एउटा प्रदेशसभा सदस्य दाबी गरेको र क्षेत्र नम्बर २ मा माओवादी र नेकपा एस दुवैको दाबी आएको बताए। स्रोतका अनुसार नेकपा एसका कार्यदल सदस्यहरूले गुल्मी २ लाई प्राथमिकता दिएका छैनन् । तर, गठबन्धनका शीर्ष नेता झाँक्रीको व्यवस्थापनका लागि उदार छन्।

सिंचाई
Forest
Ad.

झाँक्रीप्रति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा भने उदार देखिएका छन्। उनले गुल्मीका नेताहरूलाई झाँक्री जिताउन भने पनि माओवादीले सो क्षेत्रमा सशक्त दाबी गरेपछि जिल्लाको राजनीति फेरिएको छ । कार्यदलमा रहेका माओवादी उपमहासचिव वर्षमान पुनले समेत झाँक्रीले ‘जितिन्छ र?’ भन्दै सकेसम्म काठमाडौं जस्तो शहरी क्षेत्रबाटै चुनाव लड्न सुझाव दिएको चर्चा छ।

काठमाडौं ५ मा कांग्रेसले सशक्त दाबी गरेको छैन। सो क्षेत्रमा नेकपा एसबाट सुदेश पराजुलीको नाम प्रस्ताव भएको छ। झाँक्रीलाई कतिपयले ‘सेलिब्रिटी’ लाई चुनाव जित्न सहज हुने भन्दै काठमाडौं ५ मा सर्न समेत सुझाव दिएका छन् । तर, उनी गुल्मी २ मै सक्रिय छिन् । हालै जिल्ला इन्चार्ज र अध्यक्ष एमाले प्रवेश गरेपछि उनले थप मेहनत गर्नुपरेको छ।

उता माओवादीबाट भीमकान्त भण्डारीसहित जिल्ला संयोजक तथा जिसस सदस्य वीरबहादुर कार्की र नुमराज पाण्डे सिफारिस भएका छन् । प्रक्रियाका लागि तीनजना सिफारिस भएपनि भण्डारी नै माओवादी केन्द्रबाट उम्मेदवार बन्ने निश्चित छ। अध्यक्ष प्रचण्डसहितका नेताहरूलाई जानकारी दिएरै उनी उम्मेदवार बन्ने प्रक्रियामा सहभागी भएको स्रोतले जनाएको छ।

जिल्लाको विकास निर्माणमा बजेट परिचालनदेखि ठूला परियोजना हाल्नेमा अर्थ मन्त्रालयमा हुँदादेखि नै सक्रिय रहेका भण्डारीले ४ करोडभन्दा बढीका स्वास्थ्य सामग्री गुल्मीमा वितरण गरेर चर्चामा छन् । विध ल्याबमार्फत नेपालमा पहिलोपटक कोरोना परीक्षण थालेका भण्डारीकै पहलमा नेपालमा पहिलोपटक चीनसँग जीटूजीमार्फत कोभिडविरुद्धको खोप आएको थियो।

Awareness by SKF

एमालेका सचिव गोकर्ण विष्टसँग भण्डारी प्रतिस्पर्धा गर्नेगरी माओवादीले सो क्षेत्रमा दाबी गरेपछि जिल्लामा चर्चा चुलिएको छ।

माओवादीका एक नेताले भने, ‘गुल्मी २ मा एमालेको ३० देखि ३२ हजार मत छ। कांग्रेसको २०/२२ हजार र माओवादीको १० हजार बढी मत छ। नेकपा एसको १२ सयको हाराहारीमा मत रहेको छ। भीमकान्तको सामाजिक कामका कारण उनी उम्मेदवार बन्दा गोकर्णलाई पराजित गर्न सक्ने भएरै हामीले दाबी गरेको हो। झाँक्रीको व्यक्तित्वका कारण गठबन्धनले सीट छुट्याउने हो भने काठमाडौं उपयुक्त हुन्छ भन्ने सुझाव दिएका छौं।’

हालै एमाले उपमहासचिव प्रदीप ज्ञवालीसँग वार्ता गरेको भन्दै माओवादीका स्थानीय नेताले गुल्मी २ नछाड्न कार्यदलमा रहेका नेतादेखि प्रचण्डसम्मलाई दबाब दिइरहेका छन्। तर, झाँक्रीले भने गोकर्ण र प्रदीप ज्ञवालीले एकता गरौं भनेर आफूसँग संवाद गर्ने हिम्मत नराखेको नेपाल प्रेसकै अन्तर्वार्तामा बताएकी छन्। -नेपाल प्रेस

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया