Smoking Causes Cancer

पल शाहलाई साढे दुई वर्ष जेल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

काठमाडौं: नवलपुर जिल्ला अदालतले पल शाहलाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा साढे २ वर्ष कैद सजाय दिएको छ। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलबार शाहलाई जबर्जस्ती करणी मुद्दामा भने सफाइ दिएको हो।

२०७८ गत ११ फागुनमा नाबालिगमाथि पटक-पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो। त्यस्तै, यही आरोपसहित शाहविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो। शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। -नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया