Salime Malika Krishi Farm

Awareness Campaign

आफ्नै क्षेत्रका नेता एमालेमा फर्किएपछि झाँक्रीलाई चुनाव लड्न कति चुनौतीपूर्ण?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

रुपन्देही: नेकपा एसकी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीको निर्वाचन क्षेत्रमा सो पार्टीका प्रभावशाली नेता एमालेमा प्रवेश गरेका छन्। चुनावको मुखमा आफ्ना नेताहरू एमाले फर्किएपछि झाँक्रीलाई चुनौती थपिएको छ।

गठबन्धनमा गुल्मीको क्षेत्र नम्बर २ मा झाँक्रीको व्यवस्थापन हुने गरी नेकपा एसले दाबी गर्दै आएको छ । भदौ ५ गते सामाजिक सञ्जालमा पोस्टरसहितको घोषणा गर्दै उनले एमालेको विरासत तोडेर देखाउने बताएकी थिइन् । तर, उक्त पोस्ट गरेको आधा घण्टा नपुग्दै उनले डिलिट गरिन्।

गुल्मी २ मा एमालेका सचिव गोकणर् विष्टले २०५६ सालदेखि उम्मेदवार बनेर २०६४ बाहेक सबै निर्वाचन जितेका छन् । सोमबार नेकपा एस छाडेर एमाले प्रवेश गर्ने गुल्मीका अधिकांश नेताकार्यकर्ता झाँक्रीकै क्षेत्रबाट छन्।

सिंचाई
Forest
Ad.

उनकै सिफारिसमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष बनेका नरेश भण्डारी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हिमाल थापासहितका अधिकांश नेता सोमबार एमालेमा फर्किए। उनीहरूलाई एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्टले स्वागत गरे।

झाँक्रीको साथ छाडेका नेताहरूले पार्टीले कम्युनिष्ट पार्टी बलियो बनाउनेभन्दा पनि कांग्रेसलाई बनाउने नीति लिएका कारण पुनः एमालेमा आएको प्रष्टीकरण दिएका छन् । एमाले प्रवेश गर्दै जिल्ला अध्यक्ष भण्डारीले कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अरुबाट सम्भवन नभएकाले आफूहरू फर्किएको बताए।

विगतमा भएका कमजोरीबाट पार्टीमा भएको क्षतिप्रति क्षमा गर्दै उनले अब पार्टीभित्र आउने जुनसुकै जिम्मेवारी पालना गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नेपाली कांग्रेसलाई शक्तिमा लैजान नेकपा एसको नेतृत्वले गरेको गम्भीर गल्तीलाई बोक्न सकिएन’, भण्डारीले भने।

खनाल र भण्डारीसहित नेकपा एस प्रदेश कमिटी सदस्य हिमाल थापा, युवासंघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदीप घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, युवासंघ जिल्ला अध्यक्ष रामुजंग कंडेल, नेकपा एसको विद्यार्थी जिल्ला अध्यक्ष नीलकण्ठ पाण्डे, छत्रकोट कमिटीका अध्यक्ष यमबहादुर खत्रीसहितको जम्बो टोली एमालेमा समाहित भएको एमाले प्रदेश सदस्य हीरा एसीले बताए।

Awareness by SKF

गुल्मी २ मा वैशाख ३० को स्थानीय चुनावको वडागत मतका आधारमा एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१ छ । जिल्लाको अधिकांश नेतृत्वले पार्टी छोड्ने सूचना पाएपछि केन्द्रीय सचिव झाँक्री, लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे दुई दिनदेखि जिल्लामै पुगेर उनीहरूलाई थमथमाउन लागेका थिए।

झाँक्रीको गृह जिल्ला गुल्मी भए पनि उनले राजनीतिको अधिकांश समय काठमाडौंमा बिताएकी छन् । उनलाई २०७० सालमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले गुल्मीको साबिक १ नम्बर क्षेत्रमा उम्मेदवार बन्न आग्रह गर्दा पैसा नभएको भन्दै अस्वीकार गरेकी थिइन्। यसबीचमा उनी समानुपातिक सूचीमा परेर सांसद भएकी छन्। -नेपाल प्रेसबाट

 

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया