Smoking Causes Cancer

बागलुङमा ढुङ्गाले हानेर आफ्नै दाईको हत्या



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

बुर्तिबाङ: ढोरपाटन नगरपालिका-६, भण्डारी गाउँमा मंगलबार राती स्थानिय जीवलाल भण्डारीले आफनै दाई पर्ने ५५ बर्षिय उदीमान भण्डारीको ढुङ्गाले हानेर हत्या गरेका छन।

४५ बर्षिय जीवलालले आफु बिरामी भएको भन्दै दाई उदीमानलाई मंगलबार साँझ धामी झाँक्री गरेर आफनो उपचार गरीदिन भन्दै घरमा वोलाएका थिए। साँझपख झाँक्री बस्दै गरेका दाईलाई घरमै रोकेर आफुलाई मसानले बोलाएको भन्दै नजिकैको समसान घाट पुगेर केहि समयमै घर फर्किएका जिवलाल आफ्नै घाँटी र पेटमा चोट लगाएर राताम्य भएर फर्किएको बताइन्छ।

जब उनी घर फर्कन्छन एक्कासी दाइलाई ढुँगाले टाउकोमा हानेर दाइको हत्या गरिएको खुल्न आएको प्रहरी अनुसन्धान बताउँछ। जीवलालको घाँटी र पेटमा चोट रहेको छ उनले स्वयम चक्कु र खुकुरीको प्रयोग गरेर आफुले आफैलाई हानेको बताउँदै आएका छन प्रहरीद्वारा निजले प्रयोग गरेको खुकुरी र चक्कु समेत बरामद गरेको हो।

सिंचाई
Forest
Ad.

ढुँगाले हानेर ज्यान गुमाएका उदीमानको टाउकोमा चोट छ लामो समयदेखि गाउँघरमा धामी झाँक्रीको रुपमा उनले स्थानीयको सेवा गर्दै आएका थिए। इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमख राजेश कुमार सर्मा अधिकारीको कमान्डमा खटिएको प्रहरी टोलीले हत्यारा जीवलाल भण्डारीलाई नियन्त्रणमा लिएको छ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ। ढोरपाटन टाईम्स

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया