मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिकामा एक शिक्षकद्वारा आफ्नो जन्मदिनको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाइएको छ।
नगरपालिकाको वडा नम्बर ५, तल्लाफाँटमा रहेको श्री शिवसंकर माध्यमिक विद्यालयका शिक्षक कृष्ण घिमिरेले यहि शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन परेको जन्मदिनको अवसर पारेर आफ्नो विद्यालयमा रहेका विपन्न तथा गरिब जेहेन्दार विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरि विभिन्न शैक्षिक सामग्री वितरण गर्नुभएको हो।
मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदी घर भइ वडा नम्बर ५ तल्लाफाँटमा रहेको श्री शिव शंकर माध्यमिक विद्यालयमा अध्यापन गराई रहनुभएका शिक्षक घिमिरेले पछिल्लो समय ग्रामिण क्षेत्रमा भित्रि रहेको अनावस्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन भए पनि उहाँले भने गरिब तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि जन्मदिन मनाइ समाज परिवर्तनको एक उदाहरणिय काम गरेको स्थानियहरुको भनाइ रहेको छ।
जन्मदिनको अवसर पारि विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै शिक्षक घिमिरेले अब सबैले जन्मदिनको अवसरमा अनावस्यक कुरामा खर्च नगरि सामाजिक कार्यमा लगानि गरी जन्मदिन मनाउन सुझाव समेत दिनुभएको थियो। नव खबर डटकमबाट यो खबर साभार गरिएको हो।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







