Salime Malika Krishi Farm

Awareness Campaign

सामुदायीक क्याम्पसको दुर्दशा, रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले अचम्मको निर्णय गरेको छ। मन्त्रीदेखि सांसद र ठुला नेताहरु भएको जिल्लाको सवैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ। बि.स. २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो। जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ।

सोमबार बसेको रेसुंगा बहुमुखी क्याम्पस संचालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस संचालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो ।

क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरुको आठ महिनाको पारिश्रमीक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । संचालक समितिको बैठकले आठ महिनाको पारिश्रमीक क्याम्पसले दिन नसक्ने भएकाले सहयोग गर्न प्रध्यापक एक कर्मचारीलाई आग्रह गर्ने, बिभाग र संकाय प्रमुखहरुको अतिरिक्त सुविधा स्थगित गर्ने र उपदान तथा उपचार खर्च संकटकाल अवधीभर स्थगित गरिएको भलामीले जानकारी दिए । संचित विदा बस्न नपाउने, बिदा बसेपनि सुविधा नपाउने, त्रिभुवन विश्व बिद्यालय अन्तरगतका संचालन हुने परिक्षाको सुविधा पनि सहयोग माग्ने निर्णय बैठकले गरेको छ।

सिंचाई
Forest
Ad.

प्रमुखलाई प्रशासनिक काम, उपप्रमुखहरुलाई राजीनामा दिन आग्रह

रेसुंगा बहुमुखी क्याम्पस संचालक समिति बैठकले क्याम्पसको सवै प्रशासनीक काम क्याम्पस प्रमुखले गर्ने र सहायक क्याम्पस प्रमुखहरुलाई राजिनामा दिएर सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ । सेवाको उमेरहद परिमार्जन गर्ने र अध्ययनमा बेतलबी बस्नेहरुको उमेरहद घटाउने निर्णय पनि संचालक समितिले गरेको छ। आर्थिक संकटकालपछि सुविधा कटौती र सहयोग माग्ने बिषयमा गरिएका निर्णयहरु कार्यान्यव गर्न क्याम्पसका एवं कर्मचारीहरुसंग समन्वय गर्न संचालक समिति उपाध्यक्ष धर्म विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको छ।

डेढ करोड बढि पारिश्रमिक बाँकी

क्यापस प्रशासनले ०७८ पुसदेखि अहिलेसम्मको करिव एक करोड ५८ लाख ५६ हजार प्रध्यापक एवं कर्मचारीहरुलाई पारिश्रमीक उपलब्ध गराउनुपर्ने रेसुंगा बहुमुखी क्याम्पस प्रशासन शाखा प्रमुख चनक कुवंरले जानकारी दिए । रेसुंगा बहुमुखी क्याम्पसमा ३४ जना पूर्णकालिन प्रध्यापक एवं कर्मचारी र १० जना आंशिक प्रध्यापकहरु रहेका छन् । कोभिडदेखिनै बिद्यार्थीहरुको संख्या कम र सेमेस्टरनै खप्टिएकाले आर्थिक संकट सुरु भएको कुवंरले बताए । पछिल्लो समय प्लस टुमा भर्ना हुने बिद्यार्थीहरुको संख्या निकै कम रहेको छ । गत बर्ष कक्षा ११ मा ३० जना बिद्यार्थी मात्रै भर्ना भएका थिए । १८ भदौमा क्यापसले बिशेष साधारण सभाको आयोजना गरेको कुवंरले बताए।

Awareness by SKF

निर्णय दुख:द: प्रध्यापक संघ

रेसुंगा बहुमुखी क्याम्पस प्रध्यापक संघका सभापति यम बहादुर क्षेत्रीले दुखद निर्णय भएको प्रतिक्रिया दिएका छन् । उनले संचालक समितिले एकलौटी रुपमा गरेको निर्णय आफुहरुलाई मान्य नहुने बताए । सोमबार भएका निर्णयहरुका बारेमा संचालक समितिसंग आफुहरुले कहिल्यै छलफल नगरेकाले सम्पूर्ण प्रध्यापक कर्मचारीहरुसंग सल्लाह गरेर थप धारणा सार्वजनिक गरिने थापाले बताए ।

विद्यार्थी संख्या भन्दा कर्मचारी भर्ति गरियो: स्ववियु

सामुदायिक क्याम्पसको यो दुर्दशा र निर्णयप्रति अहिले आलोचना सुरु भएको छ । रेसुंगा बहुमुखी क्याम्पसका स्ववियु सचिव नविन अर्यालले यो लाजमर्दो निर्णयको बिराध गरिने बताए । उनले संचालक समिति र क्याम्पस प्रमुखले बिद्यार्थीको संख्यालाई भन्दा आफ्ना पार्टी निकट शिक्षक कर्मचारी राखेर क्याम्पसलाई कंगाल बनाएको आरोप लगाए। अर्यालले अनावश्यक शुल्क बढाउने, बिद्यार्थीहरु आकर्षित गर्न केहि पहल नगर्ने र आर्थिक चलखेलको लागि भौतिक संरचनामा जोड दिएका कारण अहिलेको दुर्भाग्य निम्तीएको प्रतिक्रिया दिए। उनले स्थानीय, प्रदेश र केन्द्रिय सत्ता आफ्नो हुँदा पनि व्यवस्थापन गर्न नसकेर क्याम्पसमा संकटकाल घोषणा गर्नु संचालकको निरिहता भएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया