Smoking Causes Cancer

झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

झापा: झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

कचनकवल गाउँपालिका-५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए।

सिंचाई
Forest
Ad.

सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए। यो घटनाले गाउँ नै शोकमा डुबेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया