Smoking Causes Cancer

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा गुल्मीका एक पुरुष कारागार चलान



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा आइतबार एक पुरुष पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्लाको मदाने गाउँपालिका-४ का ३५ वर्षीय विवश क्षेत्री (नाम परिवर्तन) २५ वर्षीया श्रीमती निर्मोही (नाम परिवर्तन) लाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा कारागार चलान भएका हुन्।

जिल्ला न्यायाधीशको अनुपस्थितिमा श्रेस्तेदार भीमप्रसाद भुसालले उनलाई पुर्पक्षका लागि कारागार थुना पठाउने आदेश गरेको जिल्ला अदालत गुल्मीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार जेठ २५ गते राति श्रीमानले आफुलाई जबर्जस्ती करणी गरेको भन्दै निर्मोहीले जेठ २८ गते जाहेरी दिएकी थिइन्।

त्यसलगत्तै पक्राउ परेका विवश आइतबारसम्म प्रहरी हिरासतमा थिए। आरोपित पुरुषका बाबुले भने बुहारीले अनाहकमा फसाएको जिकिर गरेका छन्।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया