Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोटमा जेसिबीले पल्टाएको ढुंगाले लागेर एक बालकको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीमा जेसिबीले पल्टाएको ढुंगाले लागेर बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका-२, अर्मजाका हरी रायमाझीका छोरा १४ बर्षिय गगन रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो।

रायमाझी बिहान ९ः३० बजेको समयमा घरबाट पिपलकारुख दिदीको घर जाने क्रममा धारापानीमा माथिबाट जेसिबीले फालेको ढुंगाले लागेको थियो।

प्राथमिक उपचारको लागि बडागाउँ स्वास्थ्य चौकीमा लगेपनि स्वास्थ्य चौकीले थप उपचारको लागि गुल्मी अस्पताल, तम्घास पठाएको थियो तर अस्पताल नल्याउँदै बाटोमै गगनको ज्यान गएको थियो। मृतक गगन मुसिकोट नगरपालिका-३ स्थित पृथ्वी माध्यमिक विद्यालयमा कक्षा नौका विद्यार्थी हुनुहुन्छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया